नेभिगेशन
समाज

फेरिचे हेलिकोप्टर दुर्घटना अपडेट– भारतीय नागरिकको मृत्यु

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ फेरुचेस्थित हेलिप्याडमा अवतरण गर्ने क्रममा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार बिहान करिब ८ः११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर हेलिप्याडमा अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा भारतको तमिलनाडु राज्यस्थित चेन्नई घर भएका अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Marvel
Extreme Energy

दुर्घटनामा फिस्टेल एयरको हेलिकप्टरमा चालक दलका सदस्यसहित तीन जना सवार थिए । ठक्करका कारण हेलिकप्टरमा सवार भारतीय नागरिक बलरामुडुको घटनास्थलमै मृत्यु भएको हो । उनको शव प्रभु एयरको हेलिकप्टरमार्फत लुक्लास्थित बिसुगार्ड ल्याइएको छ ।

दुर्घटनामा न्युजिल्यान्डका अन्दाजी ४९ वर्षीय सेलिशकुमार पटेलसहित दुई हेलिकप्टरका पाइलट घाइते भएका छन् । घाइते पाइलटमा फिस्टेल एयरका रविन्द्र प्रजापति र डाइनेस्टी एयरका प्रजल केसी रहेका छन् ।

घाइते पटेल र फिस्टेल एयरका पाइलट प्रजापतिलाई प्रभु एयरको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल ल्याइएको छ । डाइनेस्टी एयरका पाइलट केसीको भने लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको बताइएको छ ।

दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी उपचारको व्यवस्था मिलाइएको छ । बिहान पर्यटकीय क्षेत्र खुम्बुमा भएको उक्त दुर्घटनाले हेलिकप्टर उडान तथा अवतरणको सुरक्षामाथि समेत प्रश्न उठाएको छ ।

दुर्घटना कसरी भयो भन्ने विषयमा विस्तृत विवरण आउन बाँकी छ । दुई हेलिकप्टर अवतरण गर्ने क्रममा कसरी एकआपसमा ठोक्किए र दुर्घटनाको प्राविधिक कारण के थियो भन्ने विषय सम्बन्धित निकायको अनुसन्धानपछि खुल्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इरानमा अमेरिकाले फेरि गर्‍यो आक्रमण

इरानमा अमेरिकाले फेरि गर्‍यो आक्रमण

इरानसँग आठ महिनादेखि जारी द्वन्द्व अन्त्य गर्न वार्तामा प्रगति भइरहेको सङ्केत अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दिइरहेका बेला अमेरिकाले सोमबार इरानको केशम टापुमा आक्रमण गरेको वाल स्ट्रिट जर्नलले जनाएको...
ट्रम्पको लोकप्रियतामाथि जनमतसङ्ग्रह बन्दै अमेरिकी मध्यावधि चुनाव, दुवै सदनमा बहुमत गुमाउने जोखिममा रिपब्लिकन

ट्रम्पको लोकप्रियतामाथि जनमतसङ्ग्रह बन्दै अमेरिकी मध्यावधि चुनाव, दुवै सदनमा बहुमत गुमाउने जोखिममा रिपब्लिकन

अमेरिका विश्व अर्थतन्त्र, अन्तर्राष्ट्रिय व्यापार, सुरक्षा र जलवायु परिवर्तनसम्बन्धी नीतिमा प्रभावशाली शक्ति हो। त्यसैले अमेरिकी संसद्को राजनीतिक समीकरण परिवर्तन हुँदा त्यसको प्रभाव नेपालजस्ता देशमा पनि पर्न सक्छ। विशेषगरी...
आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

सरकारले आज र भोलि दुई दिन बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरिरहेको छ ।
पृथ्वी राजमार्ग : मलेखु–मुग्लिङ सडकखण्ड आज पनि बन्द

पृथ्वी राजमार्ग : मलेखु–मुग्लिङ सडकखण्ड आज पनि बन्द

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज पनि बन्द गरिने भएको छ ।