नेभिगेशन
समाज

इनम सापकोटा प्रकरणमा सत्ताको दुरुपयोग र छाडातन्त्र हावी भयो : महामन्त्री संग्रौला

काठमाडौँ । नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले इनम सापकोटा प्रकरणमा सरकारमाथि गम्भीर आरोप लगाएकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सत्ताको दुरुपयोग र गैरजिम्मेवार व्यवहारले मुलुकमा सुशासन नभई ‘छाडातन्त्र’ हावी भएको टिप्पणी गर्दै उनले सरकारको तीव्र आलोचना गरेकी हुन् ।

Marvel
Extreme Energy

बुधबार एक वक्तव्य जारी गर्दै नेता संग्रौलाले इनम सापकोटा प्रकरणले वर्तमान सरकारले कसरी सत्ताको दुरुपयोग गरिरहेको छ भन्ने कुरा घामजस्तै छर्लङ्ग भएको दाबी गरिन् । देशको नेतृत्व र प्रशासनिक जवाफदेहितामाथि प्रश्न उठाउँदै उनले भनिन्, 'देशमा प्रधानमन्त्री बालेन शाह छन् कि को छन् भन्ने कुरा आम मान्छेले भेउ पाउन छाडिसकेका छन् ।'

नेपाली कांग्रेसमाथि सत्ताको बलमा राजनीतिक आक्रमण गर्न खोजिएको आरोप लगाउँदै संग्रौलाले सरकारका गल्तीहरूको मुकुन्डो चाँडै उघारिने चेतावनी दिइन् । प्रहरी हिरासतमा रहेका अभियुक्तको मोबाइल फोन फरेन्सिक परीक्षणका लागि पठाउनुअघि नै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म आफ्नै घरमा लुकाएर राखेको भनी जिम्मेवार सञ्चारमाध्यमहरूबाट समाचार सार्वजनिक भइसकेको भन्दै उनले यस विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् ।

'प्रहरी नियन्त्रणमा हुनुपर्ने प्रमाण सल्लाहकारको घरमा पुग्नु गम्भीर विषय हो। अब यसको स्पष्ट र चित्तबुझ्दो जवाफ दिने पालो सत्ता र सत्तारुढ दलको हो,' संग्रौलाले भनिन्, 'कि बालेनराजमा प्रश्न प्रतिपक्षलाई मात्रै गरिन्छ ?'

कांग्रेसले लोकतन्त्रको सतत पहरेदारका रूपमा सत्ताका यस्ता गैरकानुनी र स्वेच्छाचारी कदमविरुद्ध आवाज उठाइरहने र सरकारलाई जवाफदेही बनाउन पछि नहट्ने स्पष्ट पारेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक सहित ६ घाइते

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक सहित ६ घाइते

जिल्ला बैतडी मेलौली नगरपालिका १ जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले विचलित नहुने भनाइ

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले विचलित नहुने भनाइ

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ ।
बजेट कार्यान्वयनमा ऊर्जा मन्त्रालयको लोभलाग्दो प्रगति, पहिलो त्रैमासमै उत्साहजनक सुरुवात

बजेट कार्यान्वयनमा ऊर्जा मन्त्रालयको लोभलाग्दो प्रगति, पहिलो त्रैमासमै उत्साहजनक सुरुवात

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बजेट कार्यान्वयनलाई तीव्रता दिएको छ । मन्त्रालयमातहतको जलस्रोत तथा सिंचाइ विभागकाअनुसार आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्...
कांग्रेस सहमहामन्त्री शिवाकोटी भन्छन् : प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु

कांग्रेस सहमहामन्त्री शिवाकोटी भन्छन् : प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारको भयबाट विचलित नहुने बताएका छन् ।

भर्खरै