नेभिगेशन
सबै कुरा

बालेनले किन लेखे आक्रोशपूर्ण स्टाटस ?

१७ भदौ, काठमाडौं - शनिबार राति ९ बजेर २१ मिनेटमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यक्तिगत फेसबुक पेजमा एउटा आक्रोशपूर्ण स्टाटस लेखे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनको स्टाटसमा केन्द्रिय सरकारलाई धम्कीका साथै चेतावनी समेत थियो । उनले लेखेका थिए ः

Extreme Energy

आजको लागि केही भएन,

भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने

सिंहदरबारमा आगो लगाइदिन्छु।

याद राख चोर सरकार।

कोटेश्वर चोकमा सवारी चेकिङमा परेपछि उनले याे स्टाटस लेखेकाे बुझिएकाे छ । 

शनिबार राति काठमाडौं महानगरपालिकाको गाडी कोटेश्वर चोकमा प्रहरी चेकिङमा केही समय रोकिएकाे थियाे । उक्त गाडीमा मेयर बालेन शाहकी पत्नी सविना काफ्ले थिइन् ।

रातिको सममा नियमित चेकिङमा बसेको ट्राफिक प्रहरीले उनी सवार गाडि राेकेकाे थियाे । प्रहरीका अनुसार मेयर शाहको गाडी थाहा पाएपछि केही समयमै छाेडिएकाे थियाे । 

रातिको समयमा मेयर पत्नी सविना ललितपुरको मेडिसिटी अस्पतालबाट फर्किँदै गर्दा उक्त घटनाक्रम विकसित भएको पाइएको छ । गत भदौ ८ गते शुक्रबार सविना काफ्ले ललितपुरको मेडिसिटी अस्पतालमा गर्भवती भएकी थिइन् । उनले छोरीलाई जन्म दिएकी थिइन्। स्रोतका अनुसार गर्भवतीपश्चात स्वास्थ्य अवस्था सामान्य रहेकी उनलाई ११ गते सोमबार अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।  तर बच्चाको अवस्था भने अझै सुधारोन्मुख भएका कारण एनआइसियूमा राखिएको छ । सविना अस्पतालबाट फर्किँदै चेकिङमा परेके थिइन्  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।