नेभिगेशन
सबै कुरा

बालेनले किन लेखे आक्रोशपूर्ण स्टाटस ?

१७ भदौ, काठमाडौं - शनिबार राति ९ बजेर २१ मिनेटमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यक्तिगत फेसबुक पेजमा एउटा आक्रोशपूर्ण स्टाटस लेखे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनको स्टाटसमा केन्द्रिय सरकारलाई धम्कीका साथै चेतावनी समेत थियो । उनले लेखेका थिए ः

Ncell
Extreme Energy

आजको लागि केही भएन,

भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने

सिंहदरबारमा आगो लगाइदिन्छु।

याद राख चोर सरकार।

कोटेश्वर चोकमा सवारी चेकिङमा परेपछि उनले याे स्टाटस लेखेकाे बुझिएकाे छ । 

शनिबार राति काठमाडौं महानगरपालिकाको गाडी कोटेश्वर चोकमा प्रहरी चेकिङमा केही समय रोकिएकाे थियाे । उक्त गाडीमा मेयर बालेन शाहकी पत्नी सविना काफ्ले थिइन् ।

रातिको सममा नियमित चेकिङमा बसेको ट्राफिक प्रहरीले उनी सवार गाडि राेकेकाे थियाे । प्रहरीका अनुसार मेयर शाहको गाडी थाहा पाएपछि केही समयमै छाेडिएकाे थियाे । 

रातिको समयमा मेयर पत्नी सविना ललितपुरको मेडिसिटी अस्पतालबाट फर्किँदै गर्दा उक्त घटनाक्रम विकसित भएको पाइएको छ । गत भदौ ८ गते शुक्रबार सविना काफ्ले ललितपुरको मेडिसिटी अस्पतालमा गर्भवती भएकी थिइन् । उनले छोरीलाई जन्म दिएकी थिइन्। स्रोतका अनुसार गर्भवतीपश्चात स्वास्थ्य अवस्था सामान्य रहेकी उनलाई ११ गते सोमबार अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।  तर बच्चाको अवस्था भने अझै सुधारोन्मुख भएका कारण एनआइसियूमा राखिएको छ । सविना अस्पतालबाट फर्किँदै चेकिङमा परेके थिइन्  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीले आवश्यक परेमात्रै सदनमा जवाफ दिनुहुन्छ: सरकारका प्रवक्ता

प्रधानमन्त्रीले आवश्यक परेमात्रै सदनमा जवाफ दिनुहुन्छ: सरकारका प्रवक्ता

सांसदहरुको प्रश्नको जवाफको आवश्यकता महसुस गरेर प्रधानमन्त्री शाह यसअघि आफै सदनमा उपस्थित भएको स्मरण गर्दै मन्त्री पोखरेलले अब पनि आवश्यकता महसुस गरेर आउने बताए ।
प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

विशेष कारणबस तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम(३) बमोजिम सभामुखले जेठ २६ गते मंगलबार बस्ने गरी समय निर्धारण गरेको संसद...
अल्पमतको दम्भले बहुमतको संसद बन्धक !

अल्पमतको दम्भले बहुमतको संसद बन्धक !

संसदको बर्खे अधिवेशन सुरु भएको २० दिन बित्न लाग्दा प्रतिनिधिसभाका कुनै पनि बैठक सहज रुपमा चल्न सकेको छैन । ०४६ मा बहुदल आएपछि संसदमा यस्तै विरोधमात्रै भयो, काम...
रास्वपा सांसदको नयाँ अभ्यास: संसदीय समितिमा पहिलोपटक बनाए आचारसंहिता

रास्वपा सांसदको नयाँ अभ्यास: संसदीय समितिमा पहिलोपटक बनाए आचारसंहिता

सरकारलाई प्रतिनिधि सभाप्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन समितिले काम गर्दै आएका छन् ।...