नेभिगेशन
सबै कुरा

भ्रष्टाचारको मेरो अभियान भन न किन विरुद्धको भन्छौ ? – केपी ओली

१७ भदौ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा सरकारले तमासा देखाएको अभिव्यक्ति दिएका छन् । लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले सरकारले भ्रष्ट्राचरविरुद्धको अभियान रोकिन्न भन्न नसुहाउने समेत बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, ‘ब्रेक शु भनेर साढे ९ किलो सुन आयो । साढे ९ किलो सुन हरायो । कहाँ गयो त्यो सुन भनेपछि फेरि आयो । स्टोरमा राखियो, स्टोरबाट हरायो । कसरी हरायो भनेपछि फेरि आयो । के आयो भनेर हेर्दा त बजारबाट नक्कली सिगरेट किनेर त्यस्तै पारेर राखेको रहेछ । नक्कली छ कि सक्कली हामी हेर्छौँ भनेपछि फेरि त्यो हरायो, सक्कली नै आयो । कति आयो थाहा छैन ।’ ‘कति तमासा, कस्तो तमासा, लाज लाग्दो घिन लाग्दो तमासा, अनि फेरि तिनीहरू नै भन्छन् भ्रष्टाचारविरुद्धको अभियान रोकिन्न भन्छन् कठैबरी, भ्रष्टाचारको मेरो अभियान भन न किन विरुद्धको भन्छौ ? विरुद्ध भन्ने हटाइदेऊ, भ्रष्टाचारको मेरो अभियान रोकिन्न भन्न सुहाउँछ ।

Ncell
Extreme Energy

ओलीले सुन तस्करलाई नागरिकता दिने र त्यसका लागि निर्देशन दिनेको पनि खोजी हुनुपर्ने बताएका छन् । 

साथै उनले यती होल्डिङ्सको जग्गा लिजबारे छानबिन गर्न चुनौती दिएका छन् । उनले यती होल्डिङ्सलाई दरबारको पालादेखि खोजेर ल्याउनुपर्ने बताएका छन् । उनले सुशील कोइराला प्रधानमन्त्री हुँदा लिज ट्रान्स्फरकाे निर्णय भएको भन्दै छानबिन गर्न सरकरालाई चुनौती दिएका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।