नेभिगेशन
समाज

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

महोत्तरी । दीपावली सकिएसँगै आजदेखि मिथिला क्षेत्रमा छठ पर्व सुरु भएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि चार दिनसम्म मनाइने छठका कारण महोत्तरीसहित मिथिलाका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आस्था, निष्ठा र भक्तिको पर्वका रूपमा मनाइने छठको तयारीमा स्थानीयवासी जुटेका छन्। घरघरमा छठका भक्तिगीत गुञ्जिन थालेका छन् भने नदी, पोखरी तथा अन्य जलाशयका किनारमा छठघाट निर्माण र सरसफाइको काम भइरहेको छ। युवा पुस्ता घाट सजावटमा सक्रिय देखिएको छ।

Marvel
Extreme Energy

पर्वका लागि घर, सडक र सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गरिएका छन्। बाँसका भाटा र झिक्रा प्रयोग गरी घर सजाउने तथा रङरोगन गर्ने काम पनि भइरहेको छ। छठको तयारीसँगै स्थानीयवासीको दैनिकीसमेत पर्वकेन्द्रित बनेको बर्दिबास–१३ बिजलपुरास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव महतोले बताए।

मिथिला क्षेत्रका बजारमा छठ पूजाका सामग्री किन्नेको भीड लागेको छ। केराका घरी, उखु, अदुवा, बेसारका बोट, ज्यामिर तथा अन्य पूजासामग्रीको माग बढेको छ। बाँसका चोयाबाट बनाइने ढकी, डलिया, कोनियाँ, नाङ्लो र पङ्खासँगै माटाका दियो, गाग्री, अङ्खरा र अन्य भाँडाको बिक्री पनि बढेको जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले बताए।

छठका लागि ठकुवा, भुसुवालगायत प्रसाद बनाउने चटारो पनि बढेको छ। चामल र गहुँको पिठो घरमै ढिकी र जाँतोमा तयार गर्ने परम्परा अझै कायम छ। शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने पर्वमा परिवारका सदस्य मिलेर प्रसाद तयार गर्ने चलन छ। भङ्गाहा–४ रामनगरकी ५५ वर्षीया शान्तिदेवी साहले छठको तयारीमा निष्ठा सबैभन्दा महत्त्वपूर्ण हुने बताइन्।

छठ पर्व चार दिनसम्म विभिन्न विधि पूरा गरी मनाइन्छ। पहिलो दिन ‘नहाय–खाय’ गरिन्छ भने दोस्रो दिन ‘खरना’ विधि हुन्छ। तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन्। चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुन्छ।

सूर्यदेव र षष्ठीदेवीको उपासना गरिने यस पर्वमा जातीय तथा सामुदायिक विभेद बिर्सेर सबै एकै ठाउँमा भेला हुने परम्परा छ। छठघाटमा सबै समुदायका मानिस एकै लहरमा बसेर पूजा गर्ने भएकाले यस पर्वलाई सामाजिक सद्भाव, एकता र सहअस्तित्वको प्रतीकका रूपमा पनि लिइन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाको २० सदस्यीय टोली चीन जाँदै, महामन्त्री आचार्यले नेतृत्व गर्ने

रास्वपाको २० सदस्यीय टोली चीन जाँदै, महामन्त्री आचार्यले नेतृत्व गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन जाने भएको छ।
नरैनापुरमै मालपोत, नापी र कर सेवा, नेपालगञ्ज धाउनुपर्ने बाध्यता हट्यो

नरैनापुरमै मालपोत, नापी र कर सेवा, नेपालगञ्ज धाउनुपर्ने बाध्यता हट्यो

बाँकेको दुर्गम क्षेत्रका रूपमा चिनिने नरैनापुर गाउँपालिकाले मालपोत, नापी तथा करसम्बन्धी सेवा स्थानीय तहमै उपलब्ध गराउन थालेपछि स्थानीयवासीलाई सदरमुकाम नेपालगञ्ज धाउनुपर्ने बाध्यता हटेको छ।
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

गोसाइँकुण्ड क्षेत्रमा रहेका दर्जनौँ तालतलैयामध्ये भैरवकुण्ड धार्मिक मान्यता, किंवदन्ती र जनविश्वासका कारण विशिष्ट पहिचान बोकेको तीर्थस्थल हो।