नेभिगेशन
समाज

यी स्थानमा छ वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल तराईका भूभाग, उपत्यका तथा खोँचमा हुस्सु र कुहिरो लागेको छ भने अन्य क्षेत्रमा मुख्यतया मौसम सफा रहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ।

Marvel
Extreme Energy

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

आज राति पनि हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

राति हिमाली भूभागका साथै कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाको २० सदस्यीय टोली चीन जाँदै, महामन्त्री आचार्यले नेतृत्व गर्ने

रास्वपाको २० सदस्यीय टोली चीन जाँदै, महामन्त्री आचार्यले नेतृत्व गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन जाने भएको छ।
नरैनापुरमै मालपोत, नापी र कर सेवा, नेपालगञ्ज धाउनुपर्ने बाध्यता हट्यो

नरैनापुरमै मालपोत, नापी र कर सेवा, नेपालगञ्ज धाउनुपर्ने बाध्यता हट्यो

बाँकेको दुर्गम क्षेत्रका रूपमा चिनिने नरैनापुर गाउँपालिकाले मालपोत, नापी तथा करसम्बन्धी सेवा स्थानीय तहमै उपलब्ध गराउन थालेपछि स्थानीयवासीलाई सदरमुकाम नेपालगञ्ज धाउनुपर्ने बाध्यता हटेको छ।
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

गोसाइँकुण्ड क्षेत्रमा रहेका दर्जनौँ तालतलैयामध्ये भैरवकुण्ड धार्मिक मान्यता, किंवदन्ती र जनविश्वासका कारण विशिष्ट पहिचान बोकेको तीर्थस्थल हो।