नेभिगेशन
समाज

आइटियु महासम्मेलनमा नेपालको सहभागिता अर्थपूर्ण रह्यो : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु)को महासम्मेलनमा नेपालको सहभागिता अर्थपूर्ण र प्रभावकारी रहेको बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कतारको दोहामा आयोजित आइटियु प्लेनिपोटेन्सियरी कन्फरेन्स (पीपी–२६) मा सहभागी भएर स्वदेश फर्किएपछि बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले डिजिटल विभाजन न्यूनीकरण र प्रविधिमा पहुँच विस्तारका विषयमा नेपालले आफ्नो धारणा प्रस्तुत गरेको जानकारी दिए।

Marvel
Extreme Energy

उनका अनुसार सम्मेलनमा उदीयमान प्रविधिको प्रयोगमार्फत विकासशील राष्ट्रमा देखिएको डिजिटल विभाजन कम गर्ने तथा सूचना प्रविधिको पहुँच विस्तार गर्ने विषयमा नेपालको धारणा राखिएको थियो।

सम्मेलनका क्रममा सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा उल्लेख्य प्रगति गरेका विभिन्न देशसँग डिजिटल रूपान्तरणका लागि सहकार्य र साझेदारी अभिवृद्धि गर्ने विषयमा पनि छलफल भएको उनले बताए।

‘सूचना प्रविधिका क्षेत्रमा पहुँच विस्तार हुँदै जानुपर्नेमा विभिन्न कारणले त्यो पहुँच खुम्चिँदै गएको पनि पाइएको छ। सूचना प्रविधिको पहुँच कसरी विस्तार गर्ने भन्नेमा द्विपक्षीय छलफल भयो,’ उनले भने।

मन्त्री तिमिल्सिनाका अनुसार सम्मेलनका क्रममा मलेसिया, इस्टोनिया, कतार, चीन, भारत र रुसलगायत देशका मन्त्री, राज्यमन्त्री तथा सहायक मन्त्रीसँग द्विपक्षीय भेटवार्ता भएको थियो। ती भेटमा नेपालको आवश्यकता र प्राथमिकताअनुसार सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रमा सहकार्य र साझेदारीका सम्भावनाबारे छलफल भएको उनले बताए।

बाढी, पहिरो र भूकम्पजस्ता विपद्का बेला सञ्चार प्रणालीलाई निर्वाध रूपमा सञ्चालन गर्ने विषयमा पनि सम्मेलनमा व्यापक छलफल भएको उनले जानकारी दिए। विपद्का समयमा सञ्चारको भूमिका अझ महत्त्वपूर्ण हुने भन्दै आफूले सम्मेलनमा नेपालको तर्फबाट नीतिगत मन्तव्य प्रस्तुत गरेको उनको भनाइ छ।

मन्त्री तिमिल्सिनाले विकासोन्मुख तथा अल्पविकसित मुलुकलाई डिजिटल रूपान्तरणको प्रक्रियामा पछाडि पर्न नदिन लक्षित प्राविधिक सहायता, प्रविधि हस्तान्तरण र सहुलियतपूर्ण वित्तीय सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए।

विश्वव्यापी डिजिटल रूपान्तरणले नयाँ अवसर सिर्जना गरे पनि कम्प्युटिङ क्षमता, दक्ष जनशक्ति, लगानी र प्रविधिमा असमान पहुँचका कारण विकासोन्मुख मुलुक थप पछाडि पर्ने जोखिम रहेको उनले बताए।

कृत्रिम बौद्धिकता (एआई) र फाइभजीजस्ता उदीयमान प्रविधिमा पहुँचका आधारमा समेत नयाँ प्रकारको डिजिटल विभाजन सिर्जना भइरहेको उल्लेख गर्दै उनले डिजिटल रूपान्तरणको लाभ सबै देश र समुदायमा समान रूपमा पुर्‍याउन अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको धारणा राखेका थिए।

अन्तर्राष्ट्रिय दूरसञ्चार संघले विश्वव्यापी रूपमा दूरसञ्चार क्षेत्रको नीति निर्माण, मापदण्ड निर्धारण र समन्वयको काम गर्दै आएको छ। संघमा १९४ सदस्य राष्ट्र छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ह्वात्तै घट्यो सुनचाँदीको भाउ

ह्वात्तै घट्यो सुनचाँदीको भाउ

तिहारपछि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको हो।
बाबुराम भट्टराईको टिप्पणी- सडक दुर्घटना राज्यको संगठित अपराधजस्तै भयो

बाबुराम भट्टराईको टिप्पणी- सडक दुर्घटना राज्यको संगठित अपराधजस्तै भयो

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं–हेटौंडा सडकमार्गमा भएको पछिल्लो दुर्घटनामा एउटै गाउँका १४ जनाको मृत्यु र ६ जना घाइते भएको घटनालाई राज्यको लापरबाहीको परिणाम भन्दै सडक सुरक्षामा गम्भीर हुन...
सडक दुर्घटनामा नागरिकको ज्यान गइरहने, सरकार कहिले गम्भीर हुने ? : आङ्देम्बे

सडक दुर्घटनामा नागरिकको ज्यान गइरहने, सरकार कहिले गम्भीर हुने ? : आङ्देम्बे

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सडक दुर्घटना न्यूनीकरणका लागि सरकारले ठोस कदम चाल्नुपर्ने बताएका छन्।
एनपीएलमा आज काठमाडौं–सुदूरपश्चिम र जनकपुर–चितवन भिड्दै, प्लेअफ दौड रोचक

एनपीएलमा आज काठमाडौं–सुदूरपश्चिम र जनकपुर–चितवन भिड्दै, प्लेअफ दौड रोचक

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई महत्त्वपूर्ण खेल हुँदैछन्।