नेभिगेशन
क्रिकेट

एनपीएलमा आज काठमाडौं–सुदूरपश्चिम र जनकपुर–चितवन भिड्दै, प्लेअफ दौड रोचक

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई महत्त्वपूर्ण खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा चार टोली प्लेअफको सम्भावना बलियो बनाउने लक्ष्यसहित मैदान उत्रनेछन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजको पहिलो खेलमा दिउँसो १२:३० बजे काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा साँझ ५ बजे जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन्।

Marvel
Extreme Energy

समान आठ अंक जोडेका काठमाडौं र सुदूरपश्चिम क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। दुवै टोलीले अहिलेसम्म चार–चार खेल जितेका छन्। आजको खेल जित्ने टोली १० अंकसहित प्लेअफमा पुग्नेछ।

यसअघि नै लुम्बिनी लायन्स नौ अंकसहित प्लेअफमा पुगिसकेको छ।

आजको दोस्रो खेलमा भने जनकपुर र चितवनबीच प्रतिस्पर्धा हुनेछ। प्लेअफको सम्भावना जीवित राख्न दुवै टोलीलाई जित आवश्यक छ।

पाँच खेलबाट पाँच अंक जोडेको चितवनलाई बाँकी दुवै खेल जितेर अंकतालिकामा आफ्नो स्थिति सुधार्नुपर्ने दबाब छ। चितवनले आजको खेलपछि अन्तिम खेल कर्णाली याक्ससँग खेल्नेछ।

छ खेलबाट चार अंक जोडेको जनकपुरका लागि भने आजको खेल लिग चरणको अन्तिम अवसर हो। जितेमा जनकपुरको अंक ६ पुग्नेछ। तर त्यो मात्रै प्लेअफ पुग्न पर्याप्त नहुने भएकाले अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्नेछ।

एनपीएलको लिग चरणका खेल अन्तिम चरणमा पुगेसँगै प्लेअफमा पुग्ने बाँकी तीन टोलीको प्रतिस्पर्धा रोचक बनेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप क्रिकेट
रास्वपाको २० सदस्यीय टोली चीन जाँदै, महामन्त्री आचार्यले नेतृत्व गर्ने

रास्वपाको २० सदस्यीय टोली चीन जाँदै, महामन्त्री आचार्यले नेतृत्व गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन जाने भएको छ।
नरैनापुरमै मालपोत, नापी र कर सेवा, नेपालगञ्ज धाउनुपर्ने बाध्यता हट्यो

नरैनापुरमै मालपोत, नापी र कर सेवा, नेपालगञ्ज धाउनुपर्ने बाध्यता हट्यो

बाँकेको दुर्गम क्षेत्रका रूपमा चिनिने नरैनापुर गाउँपालिकाले मालपोत, नापी तथा करसम्बन्धी सेवा स्थानीय तहमै उपलब्ध गराउन थालेपछि स्थानीयवासीलाई सदरमुकाम नेपालगञ्ज धाउनुपर्ने बाध्यता हटेको छ।
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

गोसाइँकुण्ड क्षेत्रमा रहेका दर्जनौँ तालतलैयामध्ये भैरवकुण्ड धार्मिक मान्यता, किंवदन्ती र जनविश्वासका कारण विशिष्ट पहिचान बोकेको तीर्थस्थल हो।