नेभिगेशन
समाज

सडक दुर्घटनामा नागरिकको ज्यान गइरहने, सरकार कहिले गम्भीर हुने ? : आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सडक दुर्घटना न्यूनीकरणका लागि सरकारले ठोस कदम चाल्नुपर्ने बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मकवानपुरको भीमफेदीस्थित चिसापानीगढीमा यात्रुवाहक ईभी हाइस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएपछि उनले सडक सुरक्षा प्रणाली सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

Marvel
Extreme Energy

छठ मनाउन परिवारसहित घर फर्किरहेका यात्रु सवार हाइस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै आङ्देम्बेले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्नुपर्ने माग गरेका छन्।

उनले सवारीसाधनको प्राविधिक अवस्था, यात्रु क्षमताको पालना तथा प्रहरी चेकपोस्टमा यात्रुको विवरण अद्यावधिक भए–नभएको विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन्।

'नागरिकको ज्यान जोगाउनु सरकारको पहिलो दायित्व हो। सडक सुरक्षा, सवारीको प्राविधिक परीक्षण, यात्रुको विवरण अभिलेख र प्रहरीको निगरानी प्रभावकारी बनाउन सरकार किन गम्भीर हुँदैन ?' उनले प्रश्न गरेका छन्।

आङ्देम्बेले यसअघि रोल्पाको जलजलामा भएको दुर्घटनामा २० जनाको मृत्यु भएपछि सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनसमेत सार्वजनिक नगरेको भन्दै असन्तुष्टि जनाएका छन्।

'हरेक दुर्घटनापछि छानबिन समिति बनाउने, केही दिन चर्चा गर्ने र त्यसपछि घटनालाई बिर्सने सरकारी प्रवृत्तिको अन्त्य हुनुपर्छ,' उनले भनेका छन्।

उनले सडक दुर्घटनाका कारण पहिचान गरी दोषीमाथि कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सडक सुरक्षा व्यवस्था लागू गर्न सरकारसँग माग गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाबुराम भट्टराईको टिप्पणी- सडक दुर्घटना राज्यको संगठित अपराधजस्तै भयो

बाबुराम भट्टराईको टिप्पणी- सडक दुर्घटना राज्यको संगठित अपराधजस्तै भयो

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं–हेटौंडा सडकमार्गमा भएको पछिल्लो दुर्घटनामा एउटै गाउँका १४ जनाको मृत्यु र ६ जना घाइते भएको घटनालाई राज्यको लापरबाहीको परिणाम भन्दै सडक सुरक्षामा गम्भीर हुन...
एनपीएलमा आज काठमाडौं–सुदूरपश्चिम र जनकपुर–चितवन भिड्दै, प्लेअफ दौड रोचक

एनपीएलमा आज काठमाडौं–सुदूरपश्चिम र जनकपुर–चितवन भिड्दै, प्लेअफ दौड रोचक

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई महत्त्वपूर्ण खेल हुँदैछन्।
रास्वपाको २० सदस्यीय टोली चीन जाँदै, महामन्त्री आचार्यले नेतृत्व गर्ने

रास्वपाको २० सदस्यीय टोली चीन जाँदै, महामन्त्री आचार्यले नेतृत्व गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन जाने भएको छ।
नरैनापुरमै मालपोत, नापी र कर सेवा, नेपालगञ्ज धाउनुपर्ने बाध्यता हट्यो

नरैनापुरमै मालपोत, नापी र कर सेवा, नेपालगञ्ज धाउनुपर्ने बाध्यता हट्यो

बाँकेको दुर्गम क्षेत्रका रूपमा चिनिने नरैनापुर गाउँपालिकाले मालपोत, नापी तथा करसम्बन्धी सेवा स्थानीय तहमै उपलब्ध गराउन थालेपछि स्थानीयवासीलाई सदरमुकाम नेपालगञ्ज धाउनुपर्ने बाध्यता हटेको छ।