नेभिगेशन
समाज

सरकारले इन्टरनेट सेवा प्रदायकसँग माग्यो कर तिरेको प्रमाण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट (इमेल सहित) सेवा प्रदायकहरूलाई दूरसञ्चार सेवा दस्तुरसँग सम्बन्धित कागजात तथा विवरण १० कार्यदिनभित्र पेस गर्न सूचना जारी गरेको छ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आर्थिक ऐन, २०७३ को दफा ८ को उपदफा ५ मा “दूरसञ्चार सेवा दस्तुरको प्रशासन नेपाल दूरसञ्चार प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ” भन्ने कानुनी व्यवस्था रहेको छ। सोही व्यवस्था अनुसार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गरी सेवा सञ्चालन गरिरहेका सेवा प्रदायकहरूलाई यो निर्देशन दिइएको हो। 

Marvel
Extreme Energy

सेवा प्रदायकहरूले आर्थिक वर्ष २०८२/८३ र चालु आर्थिक वर्षको असोज महिनासम्म नियमअनुसार नेपाल सरकारको राजस्व खातामा दाखिला गरेको दूरसञ्चार सेवा दस्तुरसम्बन्धी आवश्यक कागजात र विवरण पेस गर्नुपर्नेछ। 

जसमा मुख्यतया इन्टरनेट बिक्री, मर्मत सम्भार, उपकरण बिक्री र अन्य आम्दानीको विवरण, दाखिला गरिएको राजस्व रकम, दाखिला मिति, ढिला भएमा तिरेको ब्याज र जम्मा दाखिला रकमको विवरण,  प्राधिकरणले प्रत्येक महिनाको लागि छुट्टाछुट्टै ढाँचामा विवरण तयार गरी बुझाउन समेत निर्देशन दिएको छ। तोकिएको १० कार्य दिनभित्र आफ्नो सम्पूर्ण विवरण र कागजातहरू प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखा, जमल, काठमाडौंमा पेस गर्नुपर्नेछ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सात इन्जिनियरलाई पूर्वाधार मन्त्रालयले गर्‍यो बर्खास्त

सात इन्जिनियरलाई पूर्वाधार मन्त्रालयले गर्‍यो बर्खास्त

पूर्वाधार विकास मन्त्रालयले मन्त्रालयअन्तर्गत कार्यरत ७ जना इन्जिनियरहरूलाई भविष्यमा सरकारी सेवाको निम्ति अयोग्य ठहरिने गरी सेवाबाट हटाएको छ।
दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा

दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा

नेपाल प्रहरीका निवर्तमान आईजीपी दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन पेसीमा चढेको छ ।
तरकारी र फलफूलको मूल्यले आकाश छोयो, कसको कति पुग्यो ?

तरकारी र फलफूलको मूल्यले आकाश छोयो, कसको कति पुग्यो ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ ।
मधेस प्रदेशमा नयाँ सरकार बनाउने कसरत तीव्र, कसले पाउँदैछ नेतृत्व ?

मधेस प्रदेशमा नयाँ सरकार बनाउने कसरत तीव्र, कसले पाउँदैछ नेतृत्व ?

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलको सक्रियता बढेको छ ।