नेभिगेशन
समाज

एनपिएलमा सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा ‘अनलाइन’मार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा भारतको राजस्थान राज्यको श्रीगङ्गानगर जिल्ला घर भई हाल काठमाडौँ महानगरपालिका–१७, ठमेलमा बस्दै आएका ३५ वर्षीय रोहित पथरिया रहेका छन् ।

Marvel
Extreme Energy

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी एनपिएलका खेलमा अनलाइनमार्फत सट्टेबाजी भइरहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले पथरियासँग रहेका दुई थान मोबाइल फोन जाँच गर्दा उनले अनलाइन ‘बेटिङ साइट’मार्फत क्रिकेट खेलमा पटक–पटक सट्टेबाजी गरेको पाइएको जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा पथरियाले बेटिङ साइट प्रयोग गरी एनपिएलका खेलमा पटक–पटक गरी रु आठ लाख ७५ हजार ४० बराबरको कारोबार गरेको खुलेको छ ।

पक्राउ परेका पथरियालाई मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद–५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विवाहको उमेर १८ वर्ष कायम गर्न सुझाव

विवाहको उमेर १८ वर्ष कायम गर्न सुझाव

मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको प्रस्तावित विधेयकमा विवाहको उमेर १८ वर्ष कायम गर्न र बालविवाहलाई पुनःपरिभाषित गर्न सुझाव दिइएको छ ।
रुसमा सैन्य विमान दुर्घटना, १९ जनाको मृत्यु

रुसमा सैन्य विमान दुर्घटना, १९ जनाको मृत्यु

रुसको साइबेरियामा एक सैन्य मालवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १९ जनाको मृत्यु भएको छ। रुसी सरकारी सञ्चारमाध्यमले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो।
पाँच रुपैयाँमा खाना खुवाउँदै आएको केजीएफले बिर्तामोडमा च्यारिटी कन्सर्ट गर्दै

पाँच रुपैयाँमा खाना खुवाउँदै आएको केजीएफले बिर्तामोडमा च्यारिटी कन्सर्ट गर्दै

‘कोही भोकै मर्न नपरोस्’ भन्ने मानवीय अभियानसहित विपन्न तथा आवश्यकतामा रहेका व्यक्तिलाई पाँच रुपैयाँमा खाना खुवाउँदै आएको केजीएफले झापाको बिर्तामोडमा च्यारिटी कन्सर्ट आयोजना गर्ने भएको छ।
वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभा गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभा गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय पक्राउ परेका छन्।