नेभिगेशन
समाज

वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभा गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

सर्लाही । वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय पक्राउ परेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रायलाई बुधबार दिउँसो करिब ५ बजे बसबरिया गाउँपालिका–१ स्थित आफ्नै निवासबाट पक्राउ गरिएको हो। ५५ वर्षीय रायविरुद्ध सरकारी कागज किर्तेसम्बन्धी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको थियो।

Marvel
Extreme Energy

प्रहरीका अनुसार आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पेस गर्न २०८० असार १० गते आयोजित गाउँसभामा अनुपस्थित रहेकी एक वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरिएको भन्दै प्रहरीमा उजुरी परेको थियो।

उक्त उजुरीका आधारमा प्रहरीले सरकारी कागज किर्तेसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा सर्लाही जिल्ला अदालतबाट २०८३ असोज १६ गते रायलाई पक्राउ गर्न अनुमति प्राप्त भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनामा वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाको निर्णय पारित गरिएको आरोपमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रुसमा सैन्य विमान दुर्घटना, १९ जनाको मृत्यु

रुसमा सैन्य विमान दुर्घटना, १९ जनाको मृत्यु

रुसको साइबेरियामा एक सैन्य मालवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १९ जनाको मृत्यु भएको छ। रुसी सरकारी सञ्चारमाध्यमले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो।
पाँच रुपैयाँमा खाना खुवाउँदै आएको केजीएफले बिर्तामोडमा च्यारिटी कन्सर्ट गर्दै

पाँच रुपैयाँमा खाना खुवाउँदै आएको केजीएफले बिर्तामोडमा च्यारिटी कन्सर्ट गर्दै

‘कोही भोकै मर्न नपरोस्’ भन्ने मानवीय अभियानसहित विपन्न तथा आवश्यकतामा रहेका व्यक्तिलाई पाँच रुपैयाँमा खाना खुवाउँदै आएको केजीएफले झापाको बिर्तामोडमा च्यारिटी कन्सर्ट आयोजना गर्ने भएको छ।
एनपिएलको एलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र चितवन राइनोज भिड्दै

एनपिएलको एलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र चितवन राइनोज भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत प्लेअफको महत्त्वपूर्ण एलिमिनेटर खेलमा आज बुधबार काठमाडौँ गोर्खाज र चितवन राइनोज आमनेसामने हुँदैछन्।
फोहर बिक्रीबाट व्यास नगरपालिकालाई चार महिनामै नौ लाख आम्दानी

फोहर बिक्रीबाट व्यास नगरपालिकालाई चार महिनामै नौ लाख आम्दानी

तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १९ गतेसम्म फोहर बिक्री गरेर ९ लाख ४० हजार ४९४ रुपैयाँ आम्दानी गरेको छ।