नेभिगेशन
समाज

रुसमा सैन्य विमान दुर्घटना, १९ जनाको मृत्यु

मस्को । रुसको साइबेरियामा एक सैन्य मालवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १९ जनाको मृत्यु भएको छ। रुसी सरकारी सञ्चारमाध्यमले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयका अनुसार एएन–१२ विमान मङ्गलबार नियमित उडानका क्रममा केमेरोभो क्षेत्रको एक सुनसान इलाकामा खसेको थियो। प्रारम्भिक रूपमा प्राविधिक गडबडीलाई दुर्घटनाको सम्भावित कारण मानिएको छ। रुसका उड्डयन अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गरिसकेका छन्।

Marvel
Extreme Energy

स्थानीय गभर्नर इल्या सेरेड्युकले विमान यागुनोभो गाउँनजिकै दुर्घटनाग्रस्त भएको बताए। आपत्कालीन टोलीले घटनास्थलमा लागेको आगोलाई तुरुन्तै नियन्त्रणमा लिएको छ भने प्रहरीले उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ।

घटनास्थलको निरीक्षण गरेका सेरेड्युकले एक हेलिकप्टर र स्वास्थ्य सुविधाहरूलाई तयारी अवस्थामा राखिएको जानकारी दिए। उनका अनुसार अबको मुख्य काम अनुसन्धानकर्ताहरूलाई सहयोग गर्नु हो।

गभर्नरले एक भिडियोसमेत शेयर गरेका छन्, जसमा अग्निनियन्त्रकहरू विमानको भग्नावशेषजस्तो देखिने टुक्राहरूबिच खोजी गरिरहेको देखिन्छ। नजिकै थुप्रै एम्बुलेन्सहरू पनि तैनाथ गरिएका थिए।

सामाजिक सञ्जालमा सार्वजनिक भएको सीसीटीभी फुटेजमा टाढा आकाशबाट एउटा चम्किलो वस्तु खसिरहेको देखिएको छ। यद्यपि, दूरी धेरै टाढा भएकाले विमान जमिनमा ठोक्किएको दृश्य स्पष्ट देखिएको छैन। बीबीसी र समाचार एजेन्सी रोयटर्सले उक्त फुटेजको मिति र समय पुष्टि गरेका छन्। रोयटर्सले आसपासका तस्बिरहरूलाई स्याटेलाइट तस्बिरसँग मिलान गरेर दुर्घटनास्थलको समेत पुष्टि गरेको छ।

विमानमा कुनै सामान लोड गरिएको थियो वा थिएन भन्ने विषयमा हालसम्म स्पष्ट भइसकेको छैन। रुसी सेनाले एएन–१२ विमानको प्रयोग हतियार तथा सैनिकहरू ओसारपसार गर्नका साथै खोज तथा उद्धार अभियानमा समेत गर्दै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पाँच रुपैयाँमा खाना खुवाउँदै आएको केजीएफले बिर्तामोडमा च्यारिटी कन्सर्ट गर्दै

पाँच रुपैयाँमा खाना खुवाउँदै आएको केजीएफले बिर्तामोडमा च्यारिटी कन्सर्ट गर्दै

‘कोही भोकै मर्न नपरोस्’ भन्ने मानवीय अभियानसहित विपन्न तथा आवश्यकतामा रहेका व्यक्तिलाई पाँच रुपैयाँमा खाना खुवाउँदै आएको केजीएफले झापाको बिर्तामोडमा च्यारिटी कन्सर्ट आयोजना गर्ने भएको छ।
वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभा गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभा गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय पक्राउ परेका छन्।
एनपिएलको एलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र चितवन राइनोज भिड्दै

एनपिएलको एलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र चितवन राइनोज भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत प्लेअफको महत्त्वपूर्ण एलिमिनेटर खेलमा आज बुधबार काठमाडौँ गोर्खाज र चितवन राइनोज आमनेसामने हुँदैछन्।
फोहर बिक्रीबाट व्यास नगरपालिकालाई चार महिनामै नौ लाख आम्दानी

फोहर बिक्रीबाट व्यास नगरपालिकालाई चार महिनामै नौ लाख आम्दानी

तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १९ गतेसम्म फोहर बिक्री गरेर ९ लाख ४० हजार ४९४ रुपैयाँ आम्दानी गरेको छ।