नेभिगेशन
समाज

फोहर बिक्रीबाट व्यास नगरपालिकालाई चार महिनामै नौ लाख आम्दानी

दमौली । तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १९ गतेसम्म फोहर बिक्री गरेर ९ लाख ४० हजार ४९४ रुपैयाँ आम्दानी गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नगरपालिकाले कागज, कार्टुन, फलाम, प्लास्टिक तथा सिसाजन्य सामग्री बिक्री गरेर उक्त रकम आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए।

Marvel
Extreme Energy

नगरपालिकाले गत आर्थिक वर्ष २०८२/८३ मा फोहर बिक्रीबाट २७ लाख रुपैयाँ आम्दानी गरेको थियो। आर्थिक वर्ष २०८१/८२ मा बिक्रीयोग्य फोहर व्यवस्थापन तथा बिक्रीका लागि बोलपत्र आह्वान गरेको नगरपालिकाले गत आर्थिक वर्षको मूल्यमा १० प्रतिशत थप गरी तनहुँ स्क्रेप सेन्टर, व्यास–१ लाई फोहर बिक्रीको जिम्मा दिएको थियो।

घरबाटै कुहिने र नकुहिने फोहर छुट्याएर सङ्कलन गर्न थालेपछि व्यवस्थापनमा सहज भएको लम्सालले बताए। नगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै गाडीमा सङ्कलन गर्दै आएको छ। बिक्रीयोग्य सामग्रीबाट प्राप्त रकमले नगरपालिकाको आन्तरिक आम्दानी बढाउन सहयोग पुगेको छ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेका अनुसार व्यास नगरपालिका–१३ मा सरसफाइ व्यवस्थापनका लागि जग्गा खरिद गर्न आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित मन्त्रालयमा सिफारिस गरिएको छ। तर, मन्त्रालयबाट निर्णय हुन नसक्दा दीर्घकालीन फोहरमैला व्यवस्थापनमा समस्या भइरहेको छ।

नगरपालिकाले नगरका टोल, वडा र विद्यालयमा पुगेर फोहर वर्गीकरणसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यालय परिसरमा सङ्कलित नकुहिने फोहरबाट कागज, सिसा र प्लास्टिकजन्य सामग्री छुट्याएर बिक्री गर्ने गरिएको छ।

कुहिने फोहर भने दुम्सीस्थित गौसंरक्षण केन्द्रमा व्यवस्थापन गरी बायोग्यास उत्पादनमा प्रयोग हुँदै आएको छ। नगरपालिकाले बजार क्षेत्रका वडा नं. २, ३ र ४ बाट दैनिक फोहर सङ्कलन गर्दै आएको छ। ती क्षेत्रबाट दैनिक करिब ११ टन फोहर सङ्कलन हुने गरेको नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएलको एलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र चितवन राइनोज भिड्दै

एनपिएलको एलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र चितवन राइनोज भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत प्लेअफको महत्त्वपूर्ण एलिमिनेटर खेलमा आज बुधबार काठमाडौँ गोर्खाज र चितवन राइनोज आमनेसामने हुँदैछन्।
एमालेको राष्ट्रिय भेला आजदेखि, ३ हजार ४१४ जना सहभागी हुँदै

एमालेको राष्ट्रिय भेला आजदेखि, ३ हजार ४१४ जना सहभागी हुँदै

एमालेले पार्टीको इतिहासमा पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व र संघीय संसददेखि स्थानीय तहसम्मका जनप्रतिनिधि एकै ठाउँमा सहभागी हुने गरी राष्ट्रिय भेला आयोजना गर्न लागेको यो पहिलो पटक भएको...
देशका विभिन्न भागबाट २१ जना किन परे पक्राउ ?

देशका विभिन्न भागबाट २१ जना किन परे पक्राउ ?

प्रहरीले देशका विभिन्न १० जिल्लाबाट लागुऔषधसहित २१ जनालाई पक्राउ गरेको छ।
१८ वर्ष विदेश बसेर फर्किएका मीनबहादुर गाउँमै रमाउँदै, घ्यू बेचेर वार्षिक तीन लाख बचत

१८ वर्ष विदेश बसेर फर्किएका मीनबहादुर गाउँमै रमाउँदै, घ्यू बेचेर वार्षिक तीन लाख बचत

१८ वर्ष कतार र कुवेतमा बिताए। परिवारबाट टाढा रहेर पसिना बगाए। तर, विदेशको कमाइभन्दा आफ्नै गाउँमा परिवारसँगै बसेर केही गर्ने रहर बलियो भएपछि कास्कीका मीनबहादुर क्षेत्री स्वदेश फर्किए।