नेभिगेशन
समाज

विवाहको उमेर १८ वर्ष कायम गर्न सुझाव

काठमाडौँ । मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको प्रस्तावित विधेयकमा विवाहको उमेर १८ वर्ष कायम गर्न र बालविवाहलाई पुनःपरिभाषित गर्न सुझाव दिइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संविधानको मर्मअनुरूप कानुन निर्माण गर्न विवाहको उमेरसम्बन्धी व्यवस्था स्पष्ट बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् । महिला, कानुन र विकास मञ्च र इक्विलिटी नाउले गरेको अन्तरक्रियामा  संविधानको मर्मअनुसार मुलुकी अपराध संहिता र बालबालिकासम्बन्धी ऐन, २०७५ बीच एकरूपता कायम गर्नुपर्ने विषय उठाइएको थियो ।

Marvel
Extreme Energy

संविधानको धारा ३९ (५)ले बालबालिकाको हक सुरक्षित गरेको छ । तर मुलुकी अपराध संहिता र बालबालिकासम्बन्धी ऐनका केही व्यवस्था संविधानले सुनिश्चित गरेको बालअधिकारसँग बाझिएको मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले बताए ।

“कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको विधेयकमा बालविवाहलाई पुनःपरिभाषित र विवाहको उमेरमा पुनर्विचार गरिनुपर्छ । संविधानको मर्मसँग बाझिने गरी कानुन निर्माण हुन सक्दैन,” उनले भने ।

मन्त्रालयले प्रस्ताव गरेको मुलुकी अपराध संहिता संशोधन विधेयकको दफा १७३ मा २० वर्ष नपुगी विवाह गर्न नपाइने व्यवस्था गरिएको छ । तर उपदफा २ (क)मा १८ वर्षभन्दा कम उमेरमा विवाह गरे वा गराएमा मात्र सजाय हुने व्यवस्था राखिएको छ । यसले विवाहको उमेर १८ वर्षभन्दा माथि रहेको अर्थ लाग्ने भएकाले कानुनी व्यवस्थामा स्पष्टता आवश्यक रहेको अधिवक्ता श्रेष्ठले सुनाए । यस्ता कानुनी अस्पष्टता राख्नुभन्दा सर्वसाधारणले सहजै बुझ्न सक्ने स्पष्ट भाषामा कानुनको व्यवस्था गर्नु उपयुक्त हुनेमा उनले जोड दिए । 

कार्यक्रममा बालविवाह गरेका बालबालिकालाई नै कसूरदार ठहर गर्ने कानुनी व्यवस्थामा पनि सुधार गर्नुपर्ने सुझाव दिइएको थियो । उनीहरूलाई कसूरदार नभई पीडितका रूपमा हेर्नुपर्ने र बालविवाहका कारण उनीहरूमा पर्ने असर कम गर्न उपयुक्त व्यवस्था गर्नुपर्नेमा जोड दिइएको थियो ।

त्यस्तै, बालविवाह गरेका बालबालिकाको शिक्षा तथा समग्र विकासका अधिकार सुनिश्चित गर्न र बालबालिकाविरुद्धका कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक उपाय अवलम्बन गर्न सुझाव दिइएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएलमा सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

एनपिएलमा सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा ‘अनलाइन’मार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।
रुसमा सैन्य विमान दुर्घटना, १९ जनाको मृत्यु

रुसमा सैन्य विमान दुर्घटना, १९ जनाको मृत्यु

रुसको साइबेरियामा एक सैन्य मालवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १९ जनाको मृत्यु भएको छ। रुसी सरकारी सञ्चारमाध्यमले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो।
पाँच रुपैयाँमा खाना खुवाउँदै आएको केजीएफले बिर्तामोडमा च्यारिटी कन्सर्ट गर्दै

पाँच रुपैयाँमा खाना खुवाउँदै आएको केजीएफले बिर्तामोडमा च्यारिटी कन्सर्ट गर्दै

‘कोही भोकै मर्न नपरोस्’ भन्ने मानवीय अभियानसहित विपन्न तथा आवश्यकतामा रहेका व्यक्तिलाई पाँच रुपैयाँमा खाना खुवाउँदै आएको केजीएफले झापाको बिर्तामोडमा च्यारिटी कन्सर्ट आयोजना गर्ने भएको छ।
वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभा गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभा गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय पक्राउ परेका छन्।