नेभिगेशन
समाज

मृत्यु भएका र दोहोरो नाम भएका मतदातालाई भोटर लिस्टबाट हटाइँदै

जुम्ला । जिल्ला निर्वाचन कार्यालय जुम्लाले मतदाता नामवलीमा दोहोरो नाम भएका एक हजार २८९ जनाको नाम मतदाता नामवलीबाट खारेज गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र कँडेलका अनुसार मतदाता नामवली अद्यावधिक गर्ने क्रममा मृत्यु भएका ८१५ जना र दोहोरो नाम दर्ता भएका ४७४ जनाको नाम खारेज गरिएको हो । 

Marvel
Extreme Energy

दोहोरो मतदाता नामवलीमा नाम दर्ताका भएका सबैभन्दा बढी तिला गाउँपालिकाका ८० जनाको नाम हटाइएको छ । पातारासीबाट ६४, कनकासुन्दरीबाट ५९, तातोपानीबाट ६०, सिंजाबाट ४८, गुठीचौरबाट ३७, हिमाबाट ५० र चन्दननाथ नगरपालिकाबाट ७६ जनाको दोहोरो नाम हटाइएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी कँडेलले बताए ।

त्यसैगरी गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा ३४ हजार २८० महिला मतदाता र ३७ हजार ४१५ जना पुरुष मतदाता गरी जम्मा ७१ हजार ६९५ जना मतदाता सङ्ख्या कायम थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विवाहको उमेर १८ वर्ष कायम गर्न सुझाव

विवाहको उमेर १८ वर्ष कायम गर्न सुझाव

मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको प्रस्तावित विधेयकमा विवाहको उमेर १८ वर्ष कायम गर्न र बालविवाहलाई पुनःपरिभाषित गर्न सुझाव दिइएको छ ।
एनपिएलमा सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

एनपिएलमा सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा ‘अनलाइन’मार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।
रुसमा सैन्य विमान दुर्घटना, १९ जनाको मृत्यु

रुसमा सैन्य विमान दुर्घटना, १९ जनाको मृत्यु

रुसको साइबेरियामा एक सैन्य मालवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १९ जनाको मृत्यु भएको छ। रुसी सरकारी सञ्चारमाध्यमले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो।
पाँच रुपैयाँमा खाना खुवाउँदै आएको केजीएफले बिर्तामोडमा च्यारिटी कन्सर्ट गर्दै

पाँच रुपैयाँमा खाना खुवाउँदै आएको केजीएफले बिर्तामोडमा च्यारिटी कन्सर्ट गर्दै

‘कोही भोकै मर्न नपरोस्’ भन्ने मानवीय अभियानसहित विपन्न तथा आवश्यकतामा रहेका व्यक्तिलाई पाँच रुपैयाँमा खाना खुवाउँदै आएको केजीएफले झापाको बिर्तामोडमा च्यारिटी कन्सर्ट आयोजना गर्ने भएको छ।