नेभिगेशन
समाज

दाङमा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते

दाङ । दाङको लमही नगरपालिका–९ शिवखोलानजिक पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुटवलबाट लुम्बिनी भ्रमण गरी बाँकेको कोहलपुर फर्कँदै गरेको भे १ ख ३१३० नम्बरको बस बुधबार बिहान करिब ८:३० बजे दुर्घटनामा परेको हो।

Marvel
Extreme Energy

बसमा चालक र सहचालकसहित ५३ जना सवार थिए। दुर्घटनामा २२ जना घाइते भएको र उनीहरूको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था सामान्य रहेको छ।

दुर्घटनामा बाँकेको बैजनाथ गाउँपालिका–५ का दुई जना र बर्दियाको बाँसगढी नगरपालिका–३ का २० जना घाइते भएका छन्।

बसमा सवार अन्य ३१ यात्रुको अवस्था सामान्य रहेकाले उनीहरूलाई अर्को गाडीको व्यवस्था गरी गन्तव्यतर्फ पठाइएको छ।

दुर्घटनापछि प्रहरीले बस, चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आईएमई ग्रुपको ग्रुप भाइस प्रेसिडेन्टमा जगदीश खड्का नियुक्त

आईएमई ग्रुपको ग्रुप भाइस प्रेसिडेन्टमा जगदीश खड्का नियुक्त

आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले नवनियुक्त खड्कालाई स्वागत गर्दै उनको नियुक्तिले समूहका कम्पनीलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले डिजिटल रूपान्तरणलाई विस्तार...
नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक स्पष्टतामा आधारित हुनुपर्छः परराष्ट्रमन्त्री खनाल

नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक स्पष्टतामा आधारित हुनुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौँमा आयोजित ‘ग्लोबल करेन्ट्स, लोकल कम्पासः नेपालको आगामी पुस्ताको कूटनीति’ विषयक सेमिनारलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले तीव्र गतिमा परिवर्तन भइरहेको विश्व परिवेशमा नेपालको राष्ट्रिय स्वार्थलाई...
सहमतिमै हुने यौन सम्पर्कलाई जबरजस्ती करणी मुद्दा नलाग्ने, कानुनमा राखिँदैछ ‘रोमियो–जुलियट क्लज’

सहमतिमै हुने यौन सम्पर्कलाई जबरजस्ती करणी मुद्दा नलाग्ने, कानुनमा राखिँदैछ ‘रोमियो–जुलियट क्लज’

१८ वर्षमुनिको प्रेम सम्बन्धलाई अपराध नमान्ने गरी नयाँ कानुन बनाइँदैछ । १८ वर्ष नपुगेका किशोर किशोरीबीच सहमतिमै यौन सम्बन्ध हुँदा पनि जबरजस्ती करणी मुद्दा लाग्ने कानुनका कारण अहिले...
पर्यटनमार्फत नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउनुपर्छ : मन्त्री पौडेल

पर्यटनमार्फत नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउनुपर्छ : मन्त्री पौडेल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले पर्यटन, हवाई सम्पर्क र जनस्तरको आदानप्रदानमार्फत नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने बताएका छन्।