नेभिगेशन
समाज

हेंवाखोलामा डाइभर्सन नबन्दा आठ महिनादेखि यातायात प्रभावित

पाँचथर । निर्माणाधीन तमोर करिडोरअन्तर्गत पाँचथरको हेंवाखोलामा डाइभर्सन निर्माण नहुँदा आठ महिनादेखि यातायात प्रभावित भएको छ। हिउँद सुरु भइसक्दा पनि डाइभर्सन बनाउने प्रयास नहुँदा दुई र तीनपाङ्ग्रे तथा साना चारपाङ्ग्रे सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खोलामा पानीको बहाव घटेसँगै तमोर करिडोरको फिदिम–मुलघाट खण्डमा यातायात नियमित भए पनि फिदिम–काबेली खण्डमा समस्या कायमै छ। यहाँबाट ठूला सवारीसाधन मात्रै आवतजावत गरिरहेका छन्।

Marvel
Extreme Energy

फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमामा पर्ने हेंवाखोलामा हिउँदमा समेत पानीको बहाव पर्याप्त रहेकाले साना सवारीसाधन पार हुन नसकेको हिलिहाङ–७ माझीटारका रामकुमार माझीले बताए।

उनका अनुसार सडक निर्माण गरिरहेको एपेक्स निर्माण कम्पनीले तिहारपछि विगतमा डाइभर्सन रहेको स्थानमा ठूला सवारीसाधन पार गर्न मिल्ने संरचना बनाएको छ। तर साना सवारीसाधनका लागि डाइभर्सन निर्माण गरेको छैन।

डाइभर्सन नहुँदा हिलिहाङ गाउँपालिकाका बासिन्दा बढी प्रभावित भएका छन्। सदरमुकाम फिदिम आउजाउ गर्न लामो र घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय वीरेन्द्र मङ्ग्रातीले बताए।

“डाइभर्सन नहुँदा सदरमुकाम आवतजावत गर्न दोब्बर बढी दूरी यात्रा गर्नुपर्ने बाध्यता छ। तमोर करिडोर सडक आयोजना र निर्माण कम्पनीले हेलचेक्र्याइँ गर्दा हामीले दुःख पाइरहेका छौँ”, उनले भने।

फिदिम–४ माझीटारका व्यवसायी रमेश तामाङले डाइभर्सन नबन्दा यातायातसँगै स्थानीय व्यापार व्यवसाय पनि प्रभावित भएको बताए। उनका अनुसार यात्रुले लामो बाटो प्रयोग गर्नुपर्दा माझीटार क्षेत्रको व्यापारसमेत ठप्पजस्तै बनेको छ।

गत चैतदेखि लगातार वर्षा हुँदा यसअघि बनाइएको डाइभर्सन टिक्न सकेको थिएन। विगतमा डाइभर्सन मर्मत तथा पुनर्निर्माण गरेर यातायात सञ्चालन गरिँदै आएको भए पनि यस वर्ष निर्माण कम्पनीले चासो नदिएको स्थानीयको गुनासो छ। डाइभर्सन निर्माणका लागि फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाले समन्वय गरेर तत्काल काम अघि बढाउनुपर्ने उनीहरूको माग छ।

हेंवाखोलामा पुल निर्माण हुन बाँकी छ। यहाँ रहेको बेलिब्रिज र खोला किनारको सडक २०८० असारमा आएको बाढीले बगाएपछि डाइभर्सनबाट यातायात सञ्चालन गरिँदै आएको थियो। यस वर्ष डाइभर्सन नबनाइनु र पुल निर्माणमा समेत प्रगति नहुनुले स्थानीयवासी थप समस्यामा परेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
डलरसहित सबैजसो विदेशी मुद्राको भाउ बढ्यो

डलरसहित सबैजसो विदेशी मुद्राको भाउ बढ्यो

बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ बढेको छ।
निर्माण थालेको १५ वर्षपछि ४० मेगावाटको राहुघाटबाट बिजुली उत्पादन

निर्माण थालेको १५ वर्षपछि ४० मेगावाटको राहुघाटबाट बिजुली उत्पादन

निर्माण सुरु भएको १५ वर्षपछि म्याग्दीस्थित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले व्यावसायिक विद्युत् उत्पादन थालेको छ।
भारतसँग भैरहवा हवाई रुट दुईतर्फी बनाउन सहमति,  कसरी हुन्छ कार्यान्वयन ?

भारतसँग भैरहवा हवाई रुट दुईतर्फी बनाउन सहमति, कसरी हुन्छ कार्यान्वयन ?

नेपाल र भारतबीच भैरहवा हुँदै सञ्चालन हुने अन्तरराष्ट्रिय हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको छ।
यी स्थानमा आज वर्षा तथा हिमपातको सम्भावना

यी स्थानमा आज वर्षा तथा हिमपातको सम्भावना

देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले आज देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।