नेभिगेशन
बैंक वित्त

डलरसहित सबैजसो विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौँ । बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमयदरअनुसार अमेरिकी डलरको खरिददर ३४ पैसा र बिक्रीदर पनि ३४ पैसा बढेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४८ रुपैयाँ २२ पैसा कायम भएको छ। बिहीबार डलरको खरिददर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८८ पैसा थियो।

Marvel
Extreme Energy

युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६१ पैसा पुगेको छ। बिहीबारको तुलनामा युरोको खरिद तथा बिक्रीदर ८३ पैसा बढेको हो।

त्यस्तै, पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३१ पैसा कायम भएको छ। बिहीबारको तुलनामा पाउन्डको खरिददर एक रुपैयाँ १७ पैसा र बिक्रीदर एक रुपैयाँ १८ पैसा बढेको छ।

स्वीस फ्र्याङ्क एकको खरिददर १७७ रुपैयाँ १० पैसा र बिक्रीदर १७७ रुपैयाँ ८२ पैसा पुगेको छ। अस्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ९० पैसा र बिक्रीदर ९८ रुपैयाँ ३० पैसा कायम भएको छ।

क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०४ रुपैयाँ १८ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ४० पैसा र बिक्रीदर ११४ रुपैयाँ ८७ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १६ पैसा र बिक्रीदर २२ रुपैयाँ २५ पैसा कायम भएको छ।

साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५१ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ४९ पैसा र बिक्रीदर ४० रुपैयाँ ६५ पैसा रहेको छ।

त्यस्तै, थाई भाट एकको खरिददर चार रुपैयाँ ३३ पैसा र बिक्रीदर चार रुपैयाँ ३५ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ १९ पैसा र बिक्रीदर ४० रुपैयाँ ३६ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ दुई पैसा तोकिएको छ।

साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ९८ पैसा र बिक्रीदर ११ रुपैयाँ दुई पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४ रुपैयाँ ५० पैसा तथा डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ६७ पैसा र बिक्रीदर २१ रुपैयाँ ७६ पैसा कायम भएको छ।

हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४७७ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४७९ रुपैयाँ ८३ पैसा, बहराइन दिनार एकको खरिददर ३९१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९३ रुपैयाँ १४ पैसा तथा ओमनी रियाल एकको खरिददर ३८३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम छ।

राष्ट्र बैंकले विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बैंक वित्त
अमेरिकी मुद्रास्फीति बढेपछि ब्याजदर वृद्धिको अपेक्षा, सुनको भाउमा दबाब

अमेरिकी मुद्रास्फीति बढेपछि ब्याजदर वृद्धिको अपेक्षा, सुनको भाउमा दबाब

अमेरिकामा मुद्रास्फीति बढेर केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) को लक्ष्यभन्दा झन्डै दोब्बर पुगेपछि ब्याजदर थप बढ्ने अपेक्षा गरिएको छ।
निर्माण थालेको १५ वर्षपछि ४० मेगावाटको राहुघाटबाट बिजुली उत्पादन

निर्माण थालेको १५ वर्षपछि ४० मेगावाटको राहुघाटबाट बिजुली उत्पादन

निर्माण सुरु भएको १५ वर्षपछि म्याग्दीस्थित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले व्यावसायिक विद्युत् उत्पादन थालेको छ।
भारतसँग भैरहवा हवाई रुट दुईतर्फी बनाउन सहमति,  कसरी हुन्छ कार्यान्वयन ?

भारतसँग भैरहवा हवाई रुट दुईतर्फी बनाउन सहमति, कसरी हुन्छ कार्यान्वयन ?

नेपाल र भारतबीच भैरहवा हुँदै सञ्चालन हुने अन्तरराष्ट्रिय हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको छ।