नेभिगेशन
समाज

ट्रम्पले गरे चीन र रुसको बचाउ !

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानसँग रुस र चीनले कृत्तिम बुद्धिमत्ता (एआई) को आदानप्रदान गरेको विषयलाई कम महत्त्व दिँदै उनीहरू इरानसँग कम संलग्न रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तेहरानका सहयोगीहरूले अमेरिकी सैन्य अड्डाहरूलाई निसाना बनाउन मद्दत गरेको रिपोर्टहरू आएका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
 
राष्ट्रपति ट्रम्पले फ्लोरिडाको आफ्नो मार–ए–लागो रिसोर्टमा पत्रकारहरूसँग संक्षिप्त प्रेस सम्मेलन गर्दै भने, “मैले हालै चिनियाँ समकक्षी सी जिनपिङ र रुसका भ्लादिमिर पुटिनसँग गरेको त्रिपक्षीय बैठकमा इरान द्वन्द्वको बारेमा छलफल भएको थियो। 

Marvel
Extreme Energy

उनले भने, “राष्ट्रपति सीसँगको मेरो बैठक अद्भुत थियो। मलाई लाग्छ उनीहरू इरानसँग धेरै कम संलग्न छन्।”

ट्रम्पले भने, “उनीहरू संलग्न हुन सक्छन्, तर हाम्रो लागि संलग्नता भनेको आक्रमण गर्नु होे, सानो जानकारी दिनु होइन। हामी पनि त्यही गर्छौं।” 

“उनीहरूले हामीमाथि जासुसी गरिरहेका हुन सक्छन् भन्छन्, हामी पनि उनीहरूमाथि जासुसी गर्छौं,” उनले थपे । 

रुसले इरानसँग एआई आदानप्रदान गरेको विषयमा ट्रम्पले भने, “उनीहरूले धेरै सूचना दिन्छन् भन्ने मलाई लाग्दैन ।”

उनले भने, “दुवै देशले इरानसँगको द्वन्द्व सकियोस् भन्ने चाहना राखेको र ‘त्यस सन्दर्भमा उनीहरूले मलाई सहयोग गरिरहेका छन्’।”

मध्यपूर्वको द्वन्द्वमा चीन, रूस र उत्तर कोरिया प्रत्यक्ष वा परोक्षरूपमा इरानका प्रमुख सहयोगी रहेको भन्ने आरोप लाग्ने गरेको पाइन्छ ।  एएफपी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चिनियाँ नेताहरूसँगको उच्चस्तरीय भेटबारे महामन्त्री आचार्यले गरे सभापतिलाई ब्रिफिङ

चिनियाँ नेताहरूसँगको उच्चस्तरीय भेटबारे महामन्त्री आचार्यले गरे सभापतिलाई ब्रिफिङ

चीन भ्रमणबाट फर्किएपछि आज भएको भेटमा पार्टी महामन्त्री तथा भ्रमण दलका प्रमुख विपिन कुमार आचार्यले भ्रमणबारे पार्टी सभापति रवि लामिछानेलाई ब्रिफिङ गरेका छन्।
आवासको विकल्पबिना होल्डिङ सेन्टरबाट सुकुम्बासीलाई नहटाऔँ : विपक्षी दलका नेता आङ्देम्बे

आवासको विकल्पबिना होल्डिङ सेन्टरबाट सुकुम्बासीलाई नहटाऔँ : विपक्षी दलका नेता आङ्देम्बे

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारलाई हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्...
सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन महामन्त्री राणाको माग

सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन महामन्त्री राणाको माग

नेपाली कांग्रेसका महामन्त्री उदय शम्शेर राणाले वैकल्पिक आवासको व्यवस्था नगरी सुकुम्बासी परिवारलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।
अझै सुरु भएन धान खरिद प्रक्रिया

अझै सुरु भएन धान खरिद प्रक्रिया

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेमा धान खरिद प्रक्रिया अझै सुरु गर्न सकेको छैन ।