नेभिगेशन
समाज

आवासको विकल्पबिना होल्डिङ सेन्टरबाट सुकुम्बासीलाई नहटाऔँ : विपक्षी दलका नेता आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारलाई हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आङ्देम्बेले सरकारको यस्तो कार्य निन्दनीय रहेको पनि बताए । ‘व्यवस्थापन र लालपुर्जाको आश्वासन दिएर महिनौँसम्म अनिश्चिततामा राख्यो । अहिले हिउँदको कठ्याङ्ग्रिँदो मौसममा भक्तपुरको बोडे र खरिपाटीस्थित होल्डिङ सेन्टरबाट समेत हटाउन खोजिँदैछ । यो निन्दनीय छ,’ आङ्देम्बेले भनेका छन् ।
उनले देशभर कतै पनि आफ्नो नाममा जग्गा नभएका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई पहिले जग्गाको टुंगो लगाएर मात्रै व्यवस्थापनको प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् ।

Marvel
Extreme Energy

‘देशभर कतै पनि आफ्नो नाममा जग्गा नभएका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई पहिले जग्गाको टुंगो लगाइयोस् । उनीहरूको आवास सुनिश्चित गरियोस् । त्यसपछि मात्र व्यवस्थापनको प्रक्रिया अघि बढाइयोस् । वैकल्पिक आवासको व्यवस्था नगरी नागरिकलाई सडकमा पुर्‍याउने अधिकार सरकारलाई छैन,’ आङ्देम्बेको भनाइ छ । 

भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका १९ परिवारका ५९ जनालाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज (शुक्रबार) दिउँसो २ बजेसम्म सेन्टर खाली गर्न निर्देशन दिएको छ । प्रशासनले घरभाडाबापत सरकारले उपलब्ध गराउने १५ हजार रुपैयाँ लिएर सेन्टर छाड्न भनेको छ । 

आङ्देम्बेले सरकारको उक्त कदमलाई संविधानप्रदत्त आवासको हकविपरीत रहेको बताएका छन् । संविधानको धारा ३७ (१) ले प्रत्येक नागरिकलाई आवासको हक सुनिश्चित गरेको उल्लेख गर्दै उनले राज्यले नागरिकको आश्रय खोस्ने नभई आश्रयविहीनलाई सुरक्षित आवास उपलब्ध गराउनुपर्ने बताएका छन् ।

‘राज्यको जिम्मेवारी नागरिकको आश्रय खोस्ने होइन, आश्रयविहीनलाई सुरक्षित आवास उपलब्ध गराउने हो,’ उनले भने ।

उनले होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारको सुरक्षित, सम्मानजनक तथा दिगो पुनर्वास सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान तथा तथ्यांक संकलन गरेर मात्रै व्यवस्थापन गर्नुपर्ने कांग्रेसको सुझाव सरकारले बेवास्ता गरेको उनको आरोप छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन महामन्त्री राणाको माग

सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन महामन्त्री राणाको माग

नेपाली कांग्रेसका महामन्त्री उदय शम्शेर राणाले वैकल्पिक आवासको व्यवस्था नगरी सुकुम्बासी परिवारलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।
अझै सुरु भएन धान खरिद प्रक्रिया

अझै सुरु भएन धान खरिद प्रक्रिया

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेमा धान खरिद प्रक्रिया अझै सुरु गर्न सकेको छैन ।
राजा महेन्द्रले ६३ वर्षअघि रारा किनारमा बनाएको चौतारीको सेनाले गर्‍यो पुनर्निर्माण

राजा महेन्द्रले ६३ वर्षअघि रारा किनारमा बनाएको चौतारीको सेनाले गर्‍यो पुनर्निर्माण

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालको मिलिचौरमा रहेको ऐतिहासिक महेन्द्र चौतारी ६३ वर्षपछि पुनर्निर्माण गरिएको छ ।
सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुनचाँदीको मूल्य आज पनि बढ्यो

स्थानीय बजारमा सुनचाँदी मूल्य बढेको छ ।