नेभिगेशन
समाज

जनताका कुरा सुन्न ऊर्जामन्त्री श्रेष्ठ गण्डकी प्रदेशको भ्रमणमा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिंचाइ र ऊर्जा क्षेत्रको अवस्था, बाढीको क्षति तथा पुनर्निर्माण र जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गर्न गण्डकी प्रदेशको भ्रमणमा निस्किएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री श्रेष्ठले कास्की, स्याङ्जा, म्याग्दी, बागलुङ र पर्वतलगायत जिल्लामा पहिरो नियन्त्रण, नदी तथा खोलामा तटबन्ध निर्माण र सिँचाइ आयोजनासँग सम्बन्धित समस्याबारे स्थलगत जानकारी लिने कार्यक्रम छ ।

Marvel
Extreme Energy

अनुगमनका क्रममा कास्कीमा पहिरोबाट भएको क्षति तथा प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिनुका साथै स्याङ्जामा जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित विषयको समेत निरीक्षण तथा समीक्षा गर्ने कार्यक्रम रहेको छ ।

विपद्बाट प्रभावित नागरिकको वास्तविक समस्या पहिचान गर्ने, क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई गति दिने तथा सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक योजना र पूर्वाधारको दिगो व्यवस्थापन गर्ने उद्देश्यले मन्त्री श्रेष्ठ स्थलगत अनुगमनमा निस्किएका हुन् ।

स्थलगत निरीक्षणबाट प्राप्त जानकारीका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल सम्बोधन गर्नुपर्ने समस्या र दीर्घकालीन समाधानका उपाय पहिचान गरिने जनाइएको छ ।

नागरिकको घरदैलोमै पुगेर समस्या बुझ्ने र समाधानका लागि प्रत्यक्ष पहल गर्ने सरकारको प्राथमिकताअनुरूप मन्त्री श्रेष्ठले गण्डकी प्रदेशको भ्रमणमा गएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भूमिमन्त्री प्रतिभा रावल मधेश यात्रामा निस्किँदै

भूमिमन्त्री प्रतिभा रावल मधेश यात्रामा निस्किँदै

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल आजदेखि मधेश यात्रामा निस्किँदै छिन् ।
कर्णाली र सुदूरपश्चिमको यात्रामा निस्किँदै सभापति लामिछाने

कर्णाली र सुदूरपश्चिमको यात्रामा निस्किँदै सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आजदेखि कर्णाली र सुदूरपश्चिमको भ्रमणमा निस्किँदैछन् ।
वायोग्यास प्लान्टको शुभारम्भ गर्दै उर्जामन्त्री श्रेष्ठले भने, 'फोहरलाई स्रोतमा घटाउने प्रणाली विकास गरौं'

वायोग्यास प्लान्टको शुभारम्भ गर्दै उर्जामन्त्री श्रेष्ठले भने, 'फोहरलाई स्रोतमा घटाउने प्रणाली विकास गरौं'

टेकु ट्रान्सफर स्टेशन परिसरमा भएको वायोग्याँस प्लान्ट बिहीवारदेखि परीक्षणका लागि सञ्चालनमा आएको छ । काठमाडौँ जलवायु कार्य सप्ताहको अवसरमा पारेर काठमाडौँ महानगरपालिकाले प्रणालीलाई पुनःसञ्चालनमा ल्याएको हो । प्राविधिक...
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ ।