नेभिगेशन
समाज

अमेरिकामा आँधी र भारी वर्षापछि करिब १० लाख मानिस अन्धकारमा, सयौँ उडान रद्द

काठमाडौँ । अमेरिकाको मिडवेस्ट र उत्तर-पूर्वी क्षेत्रमा भारी वर्षा र तीव्र हावाहुरीसहित ‘थ्याङ्क्सगिभिङ’ पर्वका बेला आएको भीषण आँधीले लाखौँ मानिसको जनजीवन प्रभावित पारेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साथै, पश्चिमी क्षेत्रका समुद्रमा उठेका अग्ला छालहरूका कारण पनि देशभरको जनजीवनमा व्यापक असर परेको छ।

Marvel
Extreme Energy

यस साता अमेरिकामा ८ करोडभन्दा बढी मानिसले यात्रा गर्ने अनुमान गरिएको छ। उडान ट्र्याकिङ वेबसाइट ‘फ्लाइट अवेयर’ का अनुसार स्थानीय समयअनुसार बिहीबार अमेरिकामा ४०० भन्दा बढी उडान रद्द गरिएका छन् भने अमेरिका आउने-जाने र आन्तरिक गरी २,२०० भन्दा बढी उडान ढिला भएका छन्।

‘थ्याङ्क्सगिभिङ’ अमेरिकाको एक परम्परागत उत्सव हो, जसमा मानिसहरूले राम्रो बालीनाली, पारिवारिक सुख तथा अन्य खुसीका लागि एक-अर्कालाई धन्यवाद दिने गर्छन्।

फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) ले वर्षा र तीव्र हावाहुरीको पूर्वानुमानका कारण साताभर उडानहरूमा ढिलाइ हुन सक्ने चेतावनी पहिल्यै दिएको थियो।

यसैबीच, बिहीबार रातिसम्म करिब १० लाख घरको बिजुली आपूर्ति बन्द भएको छ। पेन्सिलभेनिया, मेरिल्यान्ड र भर्जिनिया राज्य आँधीबाट सबैभन्दा बढी प्रभावित भएका छन्।

अमेरिकाको सबैभन्दा महत्वपूर्ण सार्वजनिक बिदामध्ये एक मानिने ‘थ्याङ्क्सगिभिङ डे’ का दिन पश्चिमी तटको क्यालिफोर्नियादेखि पूर्वी तटको वासिङ्टन डी.सी. सम्मका क्षेत्रमा मौसम प्रतिकूल बनेको छ। बाढीका कारण धेरै मानिसहरू थ्याङ्क्सगिभिङको भोजमा रमाउनुको सट्टा पानीले भरिएका सडक र घरहरूमा कष्टकर परिस्थितिको सामना गर्न बाध्य भएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस सहमहामन्त्री शाहीको अपिल– ‘सबैलाई मिलाएर लैजान तयार छौं, नफुटौं’

कांग्रेस सहमहामन्त्री शाहीको अपिल– ‘सबैलाई मिलाएर लैजान तयार छौं, नफुटौं’

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन बहादुर शाहीले पार्टी फुटेर होइन जुटेर जान आह्वान गरेका छन् । १५ औं महाधिवेशनबाट गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले अद्यावधिक गरे पछि सहमहामन्त्री...
कांग्रेस केन्द्रीय सदस्य जानुका पन्तले उठाइन् पाँच विषय, संगठन सुधारदेखि सरकारका गतिविधिमाथि प्रश्न

कांग्रेस केन्द्रीय सदस्य जानुका पन्तले उठाइन् पाँच विषय, संगठन सुधारदेखि सरकारका गतिविधिमाथि प्रश्न

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य जानुका पन्तले पार्टीको केन्द्रीय कार्यसमितिको जारी बैठकमा संगठन सुदृढीकरण, विपद्पछिको पुनःस्थापना, सुकुम्बासी समस्या, सरकारका गतिविधि र आगामी निर्वाचनको तयारीलगायत पाँच विषयमा धारणा राखेकी छन्।
पार्टीभित्रका मतभिन्नता संवादबाट समाधान गर्दै एकताबद्ध हुन उपसभापति भण्डारीको आह्वान

पार्टीभित्रका मतभिन्नता संवादबाट समाधान गर्दै एकताबद्ध हुन उपसभापति भण्डारीको आह्वान

नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले पार्टीभित्रका विगतका मतभिन्नता र असमझदारीलाई संवादमार्फत समाधान गर्दै एकताबद्ध भएर अघि बढ्न नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।
चीन भ्रमणमा के के गर्‍यो रास्वपा प्रतिनिधिमण्डलले ?

चीन भ्रमणमा के के गर्‍यो रास्वपा प्रतिनिधिमण्डलले ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएको छ ।

भर्खरै