नेभिगेशन
समाज

कांग्रेस केन्द्रीय सदस्य जानुका पन्तले उठाइन् पाँच विषय, संगठन सुधारदेखि सरकारका गतिविधिमाथि प्रश्न

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य जानुका पन्तले पार्टीको केन्द्रीय कार्यसमितिको जारी बैठकमा संगठन सुदृढीकरण, विपद्पछिको पुनःस्थापना, सुकुम्बासी समस्या, सरकारका गतिविधि र आगामी निर्वाचनको तयारीलगायत पाँच विषयमा धारणा राखेकी छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार बैठकमा आफ्नो धारणा राख्दै पन्तले पार्टीलाई जनतासँग जोड्न संगठनात्मक संरचनामा सुधार र नेता–कार्यकर्ताको जिम्मेवारी तथा कार्यसम्पादन मूल्याङ्कन गर्ने प्रणाली विकास गर्नुपर्ने प्रस्ताव गरेकी हुन्।
उनले प्रत्येक वडा र पालिकामा जनसरोकारका समस्या सङ्कलन गर्ने स्थायी सम्पर्क संयन्त्र बनाउनुपर्ने, पार्टीका प्रत्येक तहका कमिटीले तीन महिनामा कम्तीमा एउटा सार्वजनिक सुनुवाइ र जनसंवाद कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिइन्। यस्ता कार्यक्रमलाई ‘हामी तयार छौँ अभियान’ को मुख्य आधार बनाउन सकिने उनको भनाइ छ।

Marvel
Extreme Energy

भोटेकोशी र बुढीगण्डकी क्षेत्रको विपद्पछिको पुनःस्थापनाको विषय उठाउँदै पन्तले प्रभावित क्षेत्रमा निजी क्षेत्र, स्थानीय तह र नागरिकस्तरबाट सम्भव भएसम्म सहयोग भए पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकमअनुसार प्रभावितले सहायता नपाएको बताइन्।

‘यही विपद्का नाममा प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकमअनुसार सहायता प्रदान नहुनु सरकारको गम्भीर लापरबाही हो,’ उनले भनिन्, ‘प्रमुख प्रतिपक्षी दलको हैसियतमा कांग्रेसले सरकारलाई तत्काल पुनःस्थापनाको काम अघि बढाउन चर्को दबाब दिनुपर्छ।’

त्यस्तै, विस्थापित सुकुम्बासीको समस्यामा पार्टीले स्पष्ट धारणा बनाउनुपर्ने उनको माग छ। विस्थापित परिवारको आवास, रोजगारी, शिक्षा र स्वास्थ्यको सुनिश्चिततासँगै उनीहरूमाथि भएको भनिएको मानसिक उत्पीडन र मनोवैज्ञानिक हिंसाको विषयमा पनि पार्टीले आवाज उठाउनुपर्ने उनले बताइन्।

सुकुम्बासी प्रभावित परिवारसँग पार्टीको केन्द्रीय नेतृत्वले नै प्रत्यक्ष संवाद अघि बढाउनुपर्ने उनको सुझाव छ।

सरकारका पछिल्ला गतिविधिमाथि प्रश्न उठाउँदै पन्तले महँगीका कारण सर्वसाधारणको जनजीवन कठिन बन्दै गएको बताइन्। दैनिक उपभोग्य वस्तु, यातायात, शिक्षा र स्वास्थ्यको खर्च बढिरहेको अवस्थामा सरकारले सामाजिक सञ्जालमा कृत्रिम बौद्धिकता (एआई) बाट तयार गरिएका दृश्य तथा भिडियोमार्फत विकास र नागरिक सुविधाका विषयमा भ्रम फैलाइरहेको उनको आरोप छ।

सरकारका समर्थकहरूले आलोचकलाई योजनाबद्ध रूपमा बदनाम गराउने प्रयास गरिरहेको भन्दै उनले कांग्रेसले केन्द्रीय तहमा तथ्य जाँच तथा डिजिटल सञ्चार संयन्त्र स्थापना गर्नुपर्ने प्रस्ताव गरिन्। जनताका समस्या र सरकारको कार्यसम्पादनबारे सार्वजनिक प्रश्नोत्तर कार्यक्रमलाई पनि तीव्रता दिनुपर्ने उनको भनाइ छ।

आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारीबारे धारणा राख्दै पन्तले प्रत्येक निर्वाचन क्षेत्रको संगठनात्मक अवस्था, मतदाताको अपेक्षा र स्थानीय समस्याको अध्ययन गर्नुपर्ने बताइन्। उम्मेदवार छनोट गर्दा लोकप्रियतालाई मात्र आधार नबनाई इमानदारी, योग्यता, सामाजिक स्वीकार्यता र कार्यसम्पादनलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ।

त्यस्तै, निर्वाचनमा जनतासमक्ष प्रस्तुत गरिने प्रतिबद्धता बजेट र कार्यान्वयनको सम्भावनासहित तयार गर्नुपर्ने उनले बताइन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस सहमहामन्त्री शाहीको अपिल– ‘सबैलाई मिलाएर लैजान तयार छौं, नफुटौं’

कांग्रेस सहमहामन्त्री शाहीको अपिल– ‘सबैलाई मिलाएर लैजान तयार छौं, नफुटौं’

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन बहादुर शाहीले पार्टी फुटेर होइन जुटेर जान आह्वान गरेका छन् । १५ औं महाधिवेशनबाट गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले अद्यावधिक गरे पछि सहमहामन्त्री...
पार्टीभित्रका मतभिन्नता संवादबाट समाधान गर्दै एकताबद्ध हुन उपसभापति भण्डारीको आह्वान

पार्टीभित्रका मतभिन्नता संवादबाट समाधान गर्दै एकताबद्ध हुन उपसभापति भण्डारीको आह्वान

नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले पार्टीभित्रका विगतका मतभिन्नता र असमझदारीलाई संवादमार्फत समाधान गर्दै एकताबद्ध भएर अघि बढ्न नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।
चीन भ्रमणमा के के गर्‍यो रास्वपा प्रतिनिधिमण्डलले ?

चीन भ्रमणमा के के गर्‍यो रास्वपा प्रतिनिधिमण्डलले ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएको छ ।
अमेरिकी मुद्रास्फीति बढेपछि ब्याजदर वृद्धिको अपेक्षा, सुनको भाउमा दबाब

अमेरिकी मुद्रास्फीति बढेपछि ब्याजदर वृद्धिको अपेक्षा, सुनको भाउमा दबाब

अमेरिकामा मुद्रास्फीति बढेर केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) को लक्ष्यभन्दा झन्डै दोब्बर पुगेपछि ब्याजदर थप बढ्ने अपेक्षा गरिएको छ।

भर्खरै