नेभिगेशन
समाज

पार्टीभित्रका मतभिन्नता संवादबाट समाधान गर्दै एकताबद्ध हुन उपसभापति भण्डारीको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले पार्टीभित्रका विगतका मतभिन्नता र असमझदारीलाई संवादमार्फत समाधान गर्दै एकताबद्ध भएर अघि बढ्न नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचन आयोगबाट नेपाली कांग्रेस अद्यावधिक भइसकेको सन्दर्भ उल्लेख गर्दै उपसभापति भण्डारीले एक सन्देश जारी गरी पार्टीलाई सुदृढ र समयानुकूल बनाउने दायित्व सबैको काँधमा आएको बताएका हुन्। उनले कांग्रेस कुनै एक व्यक्ति वा पुस्ताको मात्र नभई पाँच पुस्ताको त्याग, तपस्या, पसिना र योगदानले निर्माण भएको साझा घर भएको स्पष्ट पारेका छन्।

Marvel
Extreme Energy

आफ्नै घरलाई अझ बलियो बनाउने साझा संकल्पसहित सबैलाई पार्टीका गतिविधिमा सक्रिय सहभागी हुन आग्रह गर्दै भण्डारीले पार्टीभित्रको आन्तरिक लोकतन्त्रमाथि जोड दिएका छन्। "हामीले बनाएको प्रजातान्त्रिक घरभित्र जनताको चाहनामा जो कोही प्रधानमन्त्री हुन सक्छ भने, कार्यकर्ताको चाहनामा पार्टी सभापति पनि जो कोही हुन सक्छ। विमति किन?" उनले प्रश्न गरेका छन्।

उनले इतिहासको विरासत जोगाउँदै वर्तमानको जिम्मेवारी पूरा गर्न र भविष्यका पुस्ताका लागि सक्षम पार्टी निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। सन्देशको अन्त्यमा उनले 'व्यक्ति होइन विचार ठूलो, गुट होइन पार्टी ठूलो र स्वार्थ होइन लोकतन्त्र र राष्ट्रहित ठूलो' भन्ने मूलमन्त्र आत्मसात् गर्नसमेत सम्पूर्ण कांग्रेसजनमा अपिल गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चीन भ्रमणमा के के गर्‍यो रास्वपा प्रतिनिधिमण्डलले ?

चीन भ्रमणमा के के गर्‍यो रास्वपा प्रतिनिधिमण्डलले ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएको छ ।
अमेरिकी मुद्रास्फीति बढेपछि ब्याजदर वृद्धिको अपेक्षा, सुनको भाउमा दबाब

अमेरिकी मुद्रास्फीति बढेपछि ब्याजदर वृद्धिको अपेक्षा, सुनको भाउमा दबाब

अमेरिकामा मुद्रास्फीति बढेर केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) को लक्ष्यभन्दा झन्डै दोब्बर पुगेपछि ब्याजदर थप बढ्ने अपेक्षा गरिएको छ।
डलरसहित सबैजसो विदेशी मुद्राको भाउ बढ्यो

डलरसहित सबैजसो विदेशी मुद्राको भाउ बढ्यो

बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ बढेको छ।