नेभिगेशन
समाज

कांग्रेस सहमहामन्त्री शाहीको अपिल– ‘सबैलाई मिलाएर लैजान तयार छौं, नफुटौं’

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन बहादुर शाहीले पार्टी फुटेर होइन जुटेर जान आह्वान गरेका छन् । १५ औं महाधिवेशनबाट गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले अद्यावधिक गरे पछि सहमहामन्त्री शाहीले सबैलाई एकजुट हुन आग्रह गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समान्तर गतिविधि गरिरहेको बेला शाहीले नेपाली कांग्रेस सबैलाई समेटेर लैजान तयार रहेको बताए । ‘सबै मिलाएर लिन कांग्रेस तयार छ,’ सहमहामन्त्री शाहीले साजिक सञ्जालमार्फत आह्वान गर्दै लेखका छन्, ‘सबै जुटौ कोही नफुटौं ।’ 

Marvel
Extreme Energy

शाहीले समानान्तर गतिविधि गरिरहेका देउवा समूहका नेताहरुलाई लक्षित गर्दै सबैलाई समेटेर लैजान तयार रहेको बताएका हुन् । १४ औं महाधिवेशनमा देउवा समूहबाट सहमहामन्त्री लडेका शाही कर्णालीका पूर्व मुख्यमन्त्री पनि हुन् ।

त्यसैगरी सहमहामन्त्री शाहीले होल्डिङ सेन्टरबाट सुकुम्बासी नागरिकलाई हट्न दिइएको सरकारी उठिबासको सूचना एवम् निर्देशनले गरिब तथा भूमिहीन नागरिकको आवासको अधिकार र राज्यको दायित्वमाथि गम्भीर प्रश्न खडा गरेको बताएका छन् । 

शाहीले गरिब तथा भूमिहीन नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकार एवम् उचित वैकल्पिक व्यवस्था र दीर्घकालीन पुनर्स्थापनाको सुनिश्चितता नगरी नागरिकलाई विस्थापित गर्नु कुनै पनि दृष्टिले न्यायोचित हुन नसक्ने बताए । ‘नागरिकलाई समस्याबाट मुक्त गराउनु राज्यको दायित्व हो,’ शाहीले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस केन्द्रीय सदस्य जानुका पन्तले उठाइन् पाँच विषय, संगठन सुधारदेखि सरकारका गतिविधिमाथि प्रश्न

कांग्रेस केन्द्रीय सदस्य जानुका पन्तले उठाइन् पाँच विषय, संगठन सुधारदेखि सरकारका गतिविधिमाथि प्रश्न

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य जानुका पन्तले पार्टीको केन्द्रीय कार्यसमितिको जारी बैठकमा संगठन सुदृढीकरण, विपद्पछिको पुनःस्थापना, सुकुम्बासी समस्या, सरकारका गतिविधि र आगामी निर्वाचनको तयारीलगायत पाँच विषयमा धारणा राखेकी छन्।
पार्टीभित्रका मतभिन्नता संवादबाट समाधान गर्दै एकताबद्ध हुन उपसभापति भण्डारीको आह्वान

पार्टीभित्रका मतभिन्नता संवादबाट समाधान गर्दै एकताबद्ध हुन उपसभापति भण्डारीको आह्वान

नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले पार्टीभित्रका विगतका मतभिन्नता र असमझदारीलाई संवादमार्फत समाधान गर्दै एकताबद्ध भएर अघि बढ्न नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।
चीन भ्रमणमा के के गर्‍यो रास्वपा प्रतिनिधिमण्डलले ?

चीन भ्रमणमा के के गर्‍यो रास्वपा प्रतिनिधिमण्डलले ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएको छ ।
अमेरिकी मुद्रास्फीति बढेपछि ब्याजदर वृद्धिको अपेक्षा, सुनको भाउमा दबाब

अमेरिकी मुद्रास्फीति बढेपछि ब्याजदर वृद्धिको अपेक्षा, सुनको भाउमा दबाब

अमेरिकामा मुद्रास्फीति बढेर केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) को लक्ष्यभन्दा झन्डै दोब्बर पुगेपछि ब्याजदर थप बढ्ने अपेक्षा गरिएको छ।

भर्खरै