नेभिगेशन
समाज

कर्णाली र सुदूरपश्चिमको यात्रामा निस्किँदै सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आजदेखि कर्णाली र सुदूरपश्चिमको भ्रमणमा निस्किँदैछन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सभापति लामिछाने आज कर्णालीको राजधानी सुर्खेत प्रस्थान गर्न लागेको रास्वपाले जनाएको छ । 

Marvel
Extreme Energy

पार्टीको केन्द्रीय प्रशिक्षण विभागले मंसिर १२ देखि पुस २ गतेसम्म ६ प्रदेशमा प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गर्दैछ । ६ वटै प्रदेशमा सभापति लामिछाने पुग्नेछन् । 

निर्धारित कार्यतालिकाअनुसार कर्णाली प्रदेशको सुर्खेतमा मंसिर १२ र १३ गते प्रशिक्षण हुँदैछ । त्यसका लागि लागि सभापति लामिछाने आज सुर्खेत प्रस्थान गर्न लागेका हुन् । 

यसैगरी सुदूरपश्चिमको धनगढीमा मंसिर १४ र १५ गते प्रशिक्षण तय गरिएको छ । सुर्खेतबाट सभापति लामिछाने धनगढी जानेछन् । 

प्रशिक्षण विभागकाअनुसार कोशी प्रदेशको धरानमा मंसिर १७ र १८ गते प्रशिक्षण कार्यक्रम हुनेछ।

त्यस्तै, बागमती प्रदेशको काठमाडौंमा मंसिर २० र २१ गते, लुम्बिनी प्रदेशको भालुवाङमा मंसिर २३ र २४ गते तथा गण्डकी प्रदेशको पोखरामा पुस १ र २ गते कार्यक्रम आयोजना गरिनेछ।

सभापति लामिछानेले सबै प्रदेशका प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भूमिमन्त्री प्रतिभा रावल मधेश यात्रामा निस्किँदै

भूमिमन्त्री प्रतिभा रावल मधेश यात्रामा निस्किँदै

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल आजदेखि मधेश यात्रामा निस्किँदै छिन् ।
वायोग्यास प्लान्टको शुभारम्भ गर्दै उर्जामन्त्री श्रेष्ठले भने, 'फोहरलाई स्रोतमा घटाउने प्रणाली विकास गरौं'

वायोग्यास प्लान्टको शुभारम्भ गर्दै उर्जामन्त्री श्रेष्ठले भने, 'फोहरलाई स्रोतमा घटाउने प्रणाली विकास गरौं'

टेकु ट्रान्सफर स्टेशन परिसरमा भएको वायोग्याँस प्लान्ट बिहीवारदेखि परीक्षणका लागि सञ्चालनमा आएको छ । काठमाडौँ जलवायु कार्य सप्ताहको अवसरमा पारेर काठमाडौँ महानगरपालिकाले प्रणालीलाई पुनःसञ्चालनमा ल्याएको हो । प्राविधिक...
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ ।
बर्सेनि एक करोड २० लाख बालिकाको विवाह, बालविवाह अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान

बर्सेनि एक करोड २० लाख बालिकाको विवाह, बालविवाह अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान

आज बालविवाह र जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवस हो ।

भर्खरै