नेभिगेशन
समाज

साउदीमा मिसाइल आक्रमण हुँदा एक नेपालीको मृत्यु, तीन घाइते

काठमाडौँ । साउदी अरेबियाको जाजानस्थित पेट्रोलियम रिफाइनरीमा बिहीबार भएको हवाई क्षेप्यास्त्र आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ भने अन्य तीन जना नेपाली घाइते भएका छन् । आक्रमणमा विभिन्न देशका अन्य कामदारहरू समेत घाइते भएको साउदी अरेबियाको ऊर्जा मन्त्रालयले पुष्टि गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँस्थित परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । मन्त्रालयका अनुसार घाइते भएका तीन नेपालीमध्ये एक जना उपचारपछि निको भइसकेका छन् भने अन्य दुई जनाको हाल अस्पतालमा उपचार भइरहेको छ । परराष्ट्र मन्त्रालयले मृतकको शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, कुनै पनि बहानामा सर्वसाधारण नागरिक र सार्वजनिक पूर्वाधारहरूलाई निशाना बनाउन नहुने स्पष्ट पार्दै नेपालले सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन र शान्तिपूर्ण माध्यमबाट विवाद समाधान गर्न आह्वान गरेको छ ।

Marvel
Extreme Energy

साउदी प्रेस एजेन्सीका अनुसार साउदी ऊर्जा मन्त्रालयका एक स्रोतले आक्रमणपछि रिफाइनरीमा आगलागी भएको तर पछि आगो नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । सुरक्षाका कारण रिफाइनरीका केही कार्यहरू अस्थायी रूपमा स्थगित गरिएको छ । आक्रमणलगत्तै आपत्कालीन तथा प्राविधिक टोलीहरू खटिएर क्षतिको विवरण संकलन गर्ने र संरचनाहरूको सुरक्षा जाँच गर्ने कार्य गरिरहेका छन्। साउदी ऊर्जा मन्त्रालयले पनि मृतक कामदारको परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

यसैबीच, मुस्लिम वर्ल्ड लिगले रिफाइनरीमाथि भएको आक्रमणको कडा निन्दा गरेको छ । लिगका महासचिव तथा अर्गनाइजेसन अफ मुस्लिम स्कलर्सका अध्यक्ष शेख डा. मोहम्मद अल-इस्साले यस्ता आक्रमणले धार्मिक मूल्यमान्यता तथा अन्तर्राष्ट्रिय एवं मानवीय कानुनको उल्लङ्घन गरेको बताउँदै साउदी अरेबियाको सुरक्षामा लिगको पूर्ण ऐक्यबद्धता रहेको दोहोर्‍याएका छन् ।

उता, साउदी नेतृत्वको गठबन्धन सेनाले उक्त आक्रमणका लागि यमनको हुथी विद्रोही समूहले प्रयोग गरेको होडेइदाहस्थित ब्यालिस्टिक मिसाइल प्रक्षेपण केन्द्र ध्वस्त पारिएको जनाएको छ । गठबन्धनका प्रवक्ता स्टाफ मेजर जनरल तुर्की अल-मलिकीले सामाजिक सञ्जाल 'एक्स' मार्फत बिहीबार अबेर हुथी समूहले साउदीको दक्षिणी क्षेत्रतर्फ प्रहार गरेको अर्को एक ड्रोनसमेत आकाशमै नष्ट गरिएको जानकारी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जनताका कुरा सुन्न ऊर्जामन्त्री श्रेष्ठ गण्डकी प्रदेशको भ्रमणमा

जनताका कुरा सुन्न ऊर्जामन्त्री श्रेष्ठ गण्डकी प्रदेशको भ्रमणमा

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिंचाइ र ऊर्जा क्षेत्रको अवस्था, बाढीको क्षति तथा पुनर्निर्माण र जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गर्न गण्डकी प्रदेशको भ्रमणमा निस्किएका छन्...
भूमिमन्त्री प्रतिभा रावल मधेश यात्रामा निस्किँदै

भूमिमन्त्री प्रतिभा रावल मधेश यात्रामा निस्किँदै

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल आजदेखि मधेश यात्रामा निस्किँदै छिन् ।
कर्णाली र सुदूरपश्चिमको यात्रामा निस्किँदै सभापति लामिछाने

कर्णाली र सुदूरपश्चिमको यात्रामा निस्किँदै सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आजदेखि कर्णाली र सुदूरपश्चिमको भ्रमणमा निस्किँदैछन् ।
वायोग्यास प्लान्टको शुभारम्भ गर्दै उर्जामन्त्री श्रेष्ठले भने, 'फोहरलाई स्रोतमा घटाउने प्रणाली विकास गरौं'

वायोग्यास प्लान्टको शुभारम्भ गर्दै उर्जामन्त्री श्रेष्ठले भने, 'फोहरलाई स्रोतमा घटाउने प्रणाली विकास गरौं'

टेकु ट्रान्सफर स्टेशन परिसरमा भएको वायोग्याँस प्लान्ट बिहीवारदेखि परीक्षणका लागि सञ्चालनमा आएको छ । काठमाडौँ जलवायु कार्य सप्ताहको अवसरमा पारेर काठमाडौँ महानगरपालिकाले प्रणालीलाई पुनःसञ्चालनमा ल्याएको हो । प्राविधिक...