नेभिगेशन
समाज

राजा महेन्द्रले ६३ वर्षअघि रारा किनारमा बनाएको चौतारीको सेनाले गर्‍यो पुनर्निर्माण

मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालको मिलिचौरमा रहेको ऐतिहासिक महेन्द्र चौतारी ६३ वर्षपछि पुनर्निर्माण गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामो समयदेखि संरक्षण र मर्मतसम्भारको अभावमा जीर्ण बनेको चौतारी नेपाली सेनाको पहल तथा विभिन्न सरकारी निकाय, स्थानीय संस्था र व्यवसायीको सहकार्यमा पुनर्निर्माण गरिएको हो ।

Marvel
Extreme Energy

रारा राष्ट्रिय निकुञ्जको हुटुस्थित नेपाली सेनाको हनुमान् ध्वज गुल्मको अग्रसरतामा चौतारी पुनर्निर्माण गरिएको हो । पुनर्निर्माण सम्पन्न भएपछि उत्तरपश्चिम पृतनाका पृतनापति उपरथी पदमबहादुर बुढाले चौतारीको उद्घाटन गरेका छन् ।

स्थानीय समाजसेवी बिर्खबहादुर रोकायाका अनुसार २०२० सालमा तत्कालीन राजा महेन्द्र वीरविक्रम शाह रारा भ्रमणमा आउँदा मिलिचौरमा आफ्नै नाममा यो चौतारी निर्माण गरेका थिए । उनले यही चौतारीमा बसेर राराको सौन्दर्यबाट प्रभावित भई ‘हिमालमा नेपाल कहाँबाट झर्यौ तिमी स्वर्गकी अप्सरा रारा’ कविता रचना गरेको स्थानीय बुढापाका बताउँछन् । 

राजा महेन्द्रको भ्रमण र उनले राराको सुन्दरताबारे कविता रचना गरेको प्रसङ्गले चौतारीलाई ऐतिहासिक महत्व दिएको स्थानीय रोकायाले बताए । रारा ताललाई महेन्द्र तालका नामले समेत चिनिन्छ ।

विसं २०२० मा निर्माण भएको चौतारी उचित संरक्षण र मर्मतसम्भारको अभावमा क्रमशः जीर्ण बन्दै गएको थियो । यसको संरक्षण र पुनर्निर्माण हुन नसक्दा ऐतिहासिक सम्पदा नै लोप हुने जोखिम बढेको उनले बताए ।

चौतारी पुनर्निर्माणमा रारा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, डाँफे होटल तथा लज, मष्टो कुलदेवता प्रतिष्ठान, स्मार्ट कटेज तथा रेष्टुरेन्ट र मनकामना रिसोर्टलगायत सङ्घसंस्थाले सहयोग गरेका छन् ।

रारा तालको किनारमा रहेको मिलिचौर खुला चौर र तालको मनोरम दृश्यका कारण पर्यटकको आकर्षणको केन्द्रका रूपमा परिचित छ । पुनर्निर्माणपछि महेन्द्र चौतारीले रारा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि थप आकर्षण सिर्जना गर्ने अपेक्षा गरिएको छ । रारा आउने पर्यटक चौतारीमा बसेर तालको दृश्यावलोकन गर्ने तथा तस्बिर र श्रव्यदृश्य पनि खिच्ने गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुनचाँदीको मूल्य आज पनि बढ्यो

स्थानीय बजारमा सुनचाँदी मूल्य बढेको छ ।
रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको जोड

रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको जोड

नेपालले रासायनिक हतियारमुक्त विश्व निर्माण गर्ने र रासायनिक हतियार निषेध महासन्धिका उद्देश्य तथा सिद्धान्त कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।
साउदीमा मिसाइल आक्रमण हुँदा एक नेपालीको मृत्यु, तीन घाइते

साउदीमा मिसाइल आक्रमण हुँदा एक नेपालीको मृत्यु, तीन घाइते

साउदी अरेबियाको जाजानस्थित पेट्रोलियम रिफाइनरीमा बिहीबार भएको हवाई क्षेप्यास्त्र आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ भने अन्य तीन जना नेपाली घाइते भएका छन् ।
जनताका कुरा सुन्न ऊर्जामन्त्री श्रेष्ठ गण्डकी प्रदेशको भ्रमणमा

जनताका कुरा सुन्न ऊर्जामन्त्री श्रेष्ठ गण्डकी प्रदेशको भ्रमणमा

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिंचाइ र ऊर्जा क्षेत्रको अवस्था, बाढीको क्षति तथा पुनर्निर्माण र जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गर्न गण्डकी प्रदेशको भ्रमणमा निस्किएका छन्...