नेभिगेशन
समाज

रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको जोड

काठमाडौँ । नेपालले रासायनिक हतियारमुक्त विश्व निर्माण गर्ने र रासायनिक हतियार निषेध महासन्धिका उद्देश्य तथा सिद्धान्त कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेदरल्यान्ड्सको हेगमा जारी रासायनिक हतियार निषेध सङ्गठन (ओपिसिडब्ल्यु) को सदस्य राष्ट्रहरूको सम्मेलनको ३१औँ अधिवेशनमा बेनेलक्स मुलुकका लागि नेपाली राजदूत तथा ओपिसिडब्ल्युका लागि नेपालका स्थायी प्रतिनिधि सेवा लम्सालले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

Marvel
Extreme Energy

उनले निरस्त्रीकरण र अप्रसारलाई नेपालको परराष्ट्र नीतिका आधारभूत स्तम्भका रूपमा उल्लेख गर्दै विश्व शान्ति, शान्तिपूर्ण सहअस्तित्व र अन्तरराष्ट्रिय सहयोगका सिद्धान्तप्रति नेपालको प्रतिबद्धता दोहोर्‍याएको ब्रसेल्सस्थित नेपाली दूतावासले जनाएको छ ।

उनले कुनै पनि परिस्थितिमा रासायनिक हतियारको विकास, उत्पादन, प्राप्ति, भण्डारण, प्रसार तथा प्रयोगको विपक्षमा नेपाल रहेको बताइन् । राजदूत लम्सालले अतिकम विकसित मुलुकमा संस्थागत, प्राविधिक तथा जनशक्ति क्षमता अभिवृद्धि गर्न रासायनिक हतियार निषेध सङ्गठनको निरन्तर सहयोग, तालिम तथा क्षमता विकास आवश्यक भएको बताइन् ।

कृत्रिम बौद्धिकता र जैविक प्रविधिलगायत विज्ञान तथा प्रविधिमा भइरहेका नयाँ विकासले निम्त्याउन सक्ने चुनौती सम्बोधन गर्न निरन्तर संवाद र सहकार्य आवश्यक रहेकामा नेपालले जोड दिएको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
साउदीमा मिसाइल आक्रमण हुँदा एक नेपालीको मृत्यु, तीन घाइते

साउदीमा मिसाइल आक्रमण हुँदा एक नेपालीको मृत्यु, तीन घाइते

साउदी अरेबियाको जाजानस्थित पेट्रोलियम रिफाइनरीमा बिहीबार भएको हवाई क्षेप्यास्त्र आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ भने अन्य तीन जना नेपाली घाइते भएका छन् ।
जनताका कुरा सुन्न ऊर्जामन्त्री श्रेष्ठ गण्डकी प्रदेशको भ्रमणमा

जनताका कुरा सुन्न ऊर्जामन्त्री श्रेष्ठ गण्डकी प्रदेशको भ्रमणमा

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिंचाइ र ऊर्जा क्षेत्रको अवस्था, बाढीको क्षति तथा पुनर्निर्माण र जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गर्न गण्डकी प्रदेशको भ्रमणमा निस्किएका छन्...
भूमिमन्त्री प्रतिभा रावल मधेश यात्रामा निस्किँदै

भूमिमन्त्री प्रतिभा रावल मधेश यात्रामा निस्किँदै

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल आजदेखि मधेश यात्रामा निस्किँदै छिन् ।
कर्णाली र सुदूरपश्चिमको यात्रामा निस्किँदै सभापति लामिछाने

कर्णाली र सुदूरपश्चिमको यात्रामा निस्किँदै सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आजदेखि कर्णाली र सुदूरपश्चिमको भ्रमणमा निस्किँदैछन् ।