नेभिगेशन
समाज

एलन मस्कको स्टारलिंकलाई इरानले अमेरिकी सेनाविरुद्ध प्रयोग गरेको दाबी

वासिङ्टन । इरानले अमेरिकी सेनाविरुद्ध सैन्य अभियान सञ्चालन गर्न अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सद्वारा सञ्चालित स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्क प्रयोग गरेको दाबी गरिएको छ। द वासिङ्टन पोस्टले शनिबार यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै उक्त समाचार सार्वजनिक गरेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समाचारअनुसार मार्च महिनाको पहिलो साता स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले आफ्नो कम्पनीको स्याटेलाइट इन्टरनेट सेवा अनधिकृत रूपमा दुई फरक पक्षले प्रयोग गरिरहेको जानकारी पाएका थिए। तीमध्ये एक इरान र अर्को अमेरिकी रक्षा विभाग रहेको बताइएको छ।

Marvel
Extreme Energy

मस्कको टोलीले इरानले अमेरिकी सेनाविरुद्ध आफ्नो सैन्य अभियान सञ्चालन गर्न स्टारलिङ्कको प्रयोग गरिरहेको जानकारी दिएको थियो। अर्कोतर्फ, अमेरिकी सेनाले स्टारलिङ्कको सैन्य संस्करण ‘स्टारसिल्ड’ प्रयोग गरी ड्रोन उडाइरहेको थियो। तर अमेरिकी सेनाले जमिनमा आधारित गतिविधिका लागि मात्र अनुमति दिइएको सस्तो सेवा योजनामार्फत उक्त प्रणाली प्रयोग गरिरहेको एक स्रोतले नाम नखुलाउने सर्तमा बताएको छ।

समाचारअनुसार मार्च १ मा इरानी ड्रोनले कुवेतको पोर्ट शुऐबा क्षेत्रमा रहेको अमेरिकी सैन्य सुविधामाथि आक्रमण गरेको थियो। त्यसको केही घण्टाभित्रै स्पेसएक्सले प्रतिघण्टा १०० माइल अर्थात् करिब १६१ किलोमिटरभन्दा बढी गतिमा उड्ने विमानका लागि अनिवार्य पहिचान प्रमाणीकरणको व्यवस्था लागू गरेको थियो।

यस घटनाले सैन्य गतिविधिमा व्यावसायिक स्याटेलाइट इन्टरनेट सेवाको प्रयोग, प्रविधिको सुरक्षा र त्यसको अनधिकृत उपयोगसम्बन्धी प्रश्न उठाएको छ। एपी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पाकिस्तानले साउदी अरबमा सेना पठाउने

पाकिस्तानले साउदी अरबमा सेना पठाउने

यमनका इरानसमर्थित हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको रक्षा क्षमता बलियो बनाउन पाकिस्तानले आफ्नो सेना पठाउने भएको छ ।
शिक्षकलाई राजनीतिमा अवसर दिनुपर्छ : प्रचण्ड

शिक्षकलाई राजनीतिमा अवसर दिनुपर्छ : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकको अनुभव, क्षमता र योगदानलाई कदर गर्दै राजनीतिक तथा राष्ट्रिय जिम्मेवारीमा प्राथमिकता दिनुपर्ने बताएका छन् ।
जनादेश प्राप्त बालेन नेतृत्वको सरकार सफल बन्नुपर्छ, सबै दलले सघाउनुपर्छ :  विश्वप्रकाश शर्मा

जनादेश प्राप्त बालेन नेतृत्वको सरकार सफल बन्नुपर्छ, सबै दलले सघाउनुपर्छ :  विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले जनताको भारी बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन् ।
चोभार सबस्टेसन सञ्चालनमा, उपत्यकामा विद्युत् माग व्यवस्थापन सहज

चोभार सबस्टेसन सञ्चालनमा, उपत्यकामा विद्युत् माग व्यवस्थापन सहज

काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ । सो सबस्टेसनमा ४५ एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर...