नेभिगेशन
पैसाका कुरा

सहकारीको समस्या पहिचान गरी समाधान गर्न बागमती प्रदेश स्तरिय साकोस समिट

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को आयोजनामा यही फागुन १६ र १७ गते ‘बागमती प्रदेश साकोस समिट–२०८०’ हुने भएको छ ।

भक्तपुरको जर्मनहोम हस्पिटालिटी, गठ्ठाघरमा हुने समिटमा बागमती प्रदेश भरका१३ वटै जिल्लाका तीन सय सहकारीकर्मीको सहभागिता रहने बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले जानकारी दिए । 

City Express

‘सहकारी सुदृढीकरणको आधारः सहकार्य, एकता र विश्वास’ भन्ने मूल थिमका साथ हुन लागेको समिटको उद्देश्य सदस्य संघ÷संस्थाका सञ्चालक तथा व्यवस्थापकको क्षमता विकासका लागि नयाँ विषयमा बहस चलाउने, सहकारीका अशल अभ्यासहरुलाई धेरै संस्थामा पु¥याउने र अभियानमा ऐक्यवद्धता कायम गर्ने तथा सहकारी संस्कृतिलाई विशिष्ट संस्कृतिको रुपमा बचाई राख्ने रहेको छ । 

त्यसैगरी अभियानका साझा सबालहरुमा साझा धारणा विकास गरी बहस पैरवीमा प्रभावकारिता ल्याउने, सहकारीका वर्तमान चुनौतिहरुको सामनाका लागि कार्यक्रममार्फत सबै संस्थालाई जागरुक गराउने र बचत तथा ऋण सहकारी सञ्जालमा कार्यगत एकता कायम गर्ने उद्देश्य रहेको अध्यक्ष सापकोटाले बताए ।

‘बचत संघहरुको ऐक्यवद्धता कायम गर्न, साझा धारणा विकास गर्न र अभियानलाई सही बाटो देखाउने उद्देश्यका साथ समिटको आयोजना गरिएको हो । समिटमा सहकारी क्षेत्रको वर्तमान समस्याका बारेमा पनि व्यापक छलफल हुनेछ’, उनले थपे, ‘बागमती प्रदेशमा पनि समुदाय र सदस्यकेन्द्रित सहकारीहरु प्रशस्त छन् । ती संस्थाहरुमा समस्या आउन नदिन र अहिले देखिएको समस्याको निराकरणको लागि मार्ग प्रशस्त गरौं भन्ने सोचका साथ यो समिटको आयोजना गरिएको हो ।’

समिटको पहिलो दिन सहकारी सुध्रिढीकरणको आधारः सहकार्य, एकता र विश्वास, सहकारी अभियानको शुद्धिकरणः कानुन कार्यन्वयन, एकीकरण र वर्गिकरण र सहकारीको वर्तमान आवश्यक्ताः साझा अभियानका लागि साझा सञ्जाल विषयमा विषय विज्ञबाट कार्यपत्र प्रस्तुत हुने संघका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले बताए । 

त्यसैगरी दोस्रो दिन सहकारीमा सम्पत्ति शुद्धिकरण निवारणः भावी जोखिम र कार्यन्वयन रणनीति, दक्ष जनशक्ति पलायनः सहकारी क्षेत्रमा यसको प्रभाव र निराकरणमा उपाय, प्रभावकारी सेवाका लागिः जनशक्ति उत्पेरणा र सहकारी सुशासन प्रर्वद्धनमाः प्रविधीमैत्री कारोबारका विषयमा कार्यपत्र प्रस्तुत हुनुका साथै सहभागीहरुबीच छलफल हुने सिईओ दाहालले जानकारी दिए ।

बागमती प्रदेश भित्रका १३ वटा जिल्ला बचत संघ सहआयोजकको रुपमा रहेको छन् । त्यसैगरी बागमती प्रदेश संस्कृती, पर्यटन तथा सहकारी मन्त्रालय, सहकारी विकास बोर्ड र नेफ्स्कूनको सहकार्यमा समिट हुन लागेको हो । 

समिटले वर्तमान समयमा सहकारी क्षेत्रमा देखिएका समस्याको पहिचान गरी समाधानमा समेत मार्ग प्रशस्त गर्ने दाहालले बताए । बागमती प्रदेशमा करिब ८ हजार बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पैसाका कुरा
प्रभु बैंकलाई ‘नेपालको उत्कृष्ट डिजिटल SME बैंक’ उपाधि

प्रभु बैंकलाई ‘नेपालको उत्कृष्ट डिजिटल SME बैंक’ उपाधि

लण्डनस्थित Euromoney Limited ले प्रदान गर्ने यो पुरस्कारलाई विश्वकै प्रतिष्ठित बैंकिङ सम्मानमध्ये एक मानिन्छ। प्रभु बैंकले उद्यमीलाई सहज वित्तीय पहुँच, डिजिटल समाधान, आधुनिक प्रविधिको उपयोग र अनलाइन सेवामार्फत...
साउनमै थपियो १४ अर्बभन्दा बढी सरकारी ऋण

साउनमै थपियो १४ अर्बभन्दा बढी सरकारी ऋण

चालु आवको सुरुमा कूल सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकामा साउन मसान्तसम्ममा १४ अर्ब दुई करोड वृद्धि भई २६ खर्ब ८३ अर्ब ६० करोड पुगेको...
प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले मार्फा प्यालेस होटलमा विशेष छुट पाउने

प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले मार्फा प्यालेस होटलमा विशेष छुट पाउने

एक समारोहका बीच मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल र प्रभु बैंक लिमिटेड तर्फबाट, जोमसोम क्ल्स्टर प्रमुख तथा जोमसोम शाखाका शाखा प्रबन्धक नरेन्द« थकालीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्...
नेप्से परिसूचक २१ अङ्कले बढ्यो

नेप्से परिसूचक २१ अङ्कले बढ्यो

सोमबार ३१७ कम्पनीको एक करोड आठ लाख ७७ हजार ९४२ कित्ता शेयर ५७ हजार १५७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ७५ करोड ३२ लाख १९ हजार ६५२...