नेभिगेशन
समाज

ओलीले भने– देश स्वेच्छाचारी शासन र आतंकको छायामुनि छ, प्रतिरोधका लागि तयार रहनू

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक स्वेच्छाचारी शासन र आतंकको छायामुनि रहेको बताएका छन्। उनले सरकारको व्यवहार दमनकारी र प्रतिशोधपूर्ण भएको आरोप लगाउँदै नेता तथा कार्यकर्तालाई प्रतिरोधका लागि तयार रहन निर्देशन दिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार काठमाडौंमा सुरु एमालेको राष्ट्रिय भेलाको उद्घाटन गर्दै ओलीले देश भय र त्रासको वातावरणमा चलिरहेको दाबी गरे। मुलुक असंवैधानिक र गैरकानुनी गतिविधिको पेलाइमा परेको उनको भनाइ थियो।

Marvel
Extreme Energy

उनले वर्तमान सरकारले सुरुदेखि नै एमालेमाथि निर्मम हमला गरिरहेको आरोप लगाए। यस्तो व्यवहारलाई निरन्तरता दिए त्यसको मूल्य महँगो पर्न सक्ने चेतावनी पनि उनले दिए।

गत वर्ष भएका हिंसात्मक घटनालाई मान्यता दिन संवैधानिक बाटोका रूपमा निर्वाचनको मञ्चन गरिएको ओलीको टिप्पणी थियो।

संघर्षको मैदानबाट लडेर आएको पार्टी एमाले भएकाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना पूरा गर्न पार्टी पुनः सरकारमा जाने उनले दाबी गरे।

ओलीले प्रधानमन्त्री वालेन्द्र शाहले योजनाबद्ध रूपमा नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए। उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाएर भविष्यका लागि प्रमाणका रूपमा राख्न खोजिएको हो भन्दै उनले प्रश्न गरे।

दुई दिनसम्म चल्ने एमालेको राष्ट्रिय भेलामा देशभरबाट ३ हजार ४१४ प्रतिनिधि सहभागी भएका छन्। राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशानिर्देश गर्ने र स्थानीय तह निर्वाचनको पूर्वतयारी गर्ने उद्देश्यले भेला आयोजना गरिएको एमालेले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखरेलले एमालेका १४ समस्या औँल्याए : जनतासँग सम्बन्ध कमजोरदेखि गुटबन्दी र अन्तर्घातसम्म

पोखरेलले एमालेका १४ समस्या औँल्याए : जनतासँग सम्बन्ध कमजोरदेखि गुटबन्दी र अन्तर्घातसम्म

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको संगठनात्मक जीवनमा १४ वटा प्रमुख समस्या रहेको औँल्याएका छन्। उनले ती समस्या समाधानका लागि १४ सूत्रीय सुझावसहितको कार्यपत्र बन्दसत्रमा प्रस्तुत गरेका छन्।
बराह सहकारी ठगीका मुख्य योजनाकार पक्राउ, ५ अर्ब ८८ करोड हिनामिनाको आरोप

बराह सहकारी ठगीका मुख्य योजनाकार पक्राउ, ५ अर्ब ८८ करोड हिनामिनाको आरोप

बराह बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनामा मुख्य योजनाकार रहेको आरोप लागेका शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन्।
एमाले शुद्धीकरण अभियान चलाउने, स्थानीय निर्वाचनको तयारी अहिलेदेखि थाल्ने

एमाले शुद्धीकरण अभियान चलाउने, स्थानीय निर्वाचनको तयारी अहिलेदेखि थाल्ने

नेकपा एमालेले पार्टीभित्रको अनुशासनहीनता, गुटबन्दी, आर्थिक अपारदर्शिता र नेतृत्व तथा कार्यकर्ताबीच बढ्दो दूरी अन्त्य गर्न शुद्धीकरण अभियान सञ्चालन गर्ने प्रस्ताव अघि सारेको छ।

भर्खरै