नेभिगेशन
समाज

सान्नी त्रिवेणी गाउँपालिकाको खाता रोक्का, नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई मात्र सञ्चालनको जिम्मा

काठमाडौं । सरकारले कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर बडुवालको नाममा सञ्चालित बैंक खाता रोक्का गर्न निर्देशन दिएको छ। मन्त्रालयले उनको ठाउँमा उदयराज उपाध्यायलाई खाता सञ्चालनको जिम्मेवारी दिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार कोष तथा लेखा नियन्त्रक कार्यालय कालिकोटलाई पत्र पठाउँदै बडुवालको नाममा सञ्चालित गाउँपालिकाको खाता रोक्का गर्न निर्देशन दिएको हो।

Marvel
Extreme Energy

मन्त्रालयको मङ्सिर २ गतेको निर्णयअनुसार अब उपाध्यायबाट मात्रै गाउँपालिकाको खाता सञ्चालन हुने व्यवस्था मिलाउन भनिएको छ।

मन्त्रालयका अनुसार यसअघि सान्नी त्रिवेणी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत बडुवाललाई गत भदौ २५ गतेको निर्णयअनुसार जाजरकोटको कुशे गाउँपालिकामा कामकाज गर्न खटाइएको थियो। उनको ठाउँमा दैलेखको महाबु गाउँपालिकामा कार्यरत शाखा अधिकृत उपाध्यायलाई सान्नी त्रिवेणी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाज गर्न खटाइएको थियो।

तर मन्त्रालयले नयाँ जिम्मेवारीअनुसार खाता सञ्चालनको व्यवस्था मिलाउन मंगलबार मात्रै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्राचार गरेको हो।

मन्त्रालयका शाखा अधिकृत ऋषिकेश खतिवडाले हस्ताक्षर गरेको पत्रमा उपाध्यायलाई आफू खटाइएको गाउँपालिकामा हाजिर हुनसमेत भनिएको छ।

मन्त्रालयको निर्णयसँगै अब सान्नी त्रिवेणी गाउँपालिकाको आर्थिक कारोबारमा उपाध्यायको मात्र आधिकारिक पहुँच रहनेछ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
शरणार्थी मुद्दामा सजाय काटेपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए टोपबहादुर रायमाझी

शरणार्थी मुद्दामा सजाय काटेपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए टोपबहादुर रायमाझी

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैदमुक्त भएका नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कैदमुक्त भएपछि पहिलोपटक औपचारिक सार्वजनिक कार्यक्रममा देखिएका छन्।
एमालेमाथिको सरकारी दमन महँगो पर्नेछ : अध्यक्ष ओली

एमालेमाथिको सरकारी दमन महँगो पर्नेछ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि सरकारले निर्मम दमन गरेको आरोप लगाउँदै त्यसको प्रतिरोधका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन्।
प्रतिनिधिसभालाई अदालतले संवैधानिक नभएको जस्तो व्यवहार गर्‍यो : ओली

प्रतिनिधिसभालाई अदालतले संवैधानिक नभएको जस्तो व्यवहार गर्‍यो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतले प्रतिनिधिसभालाई संवैधानिक निकाय नै नभएको जस्तो व्यवहार गरेको आरोप लगाएका छन्।

भर्खरै