नेभिगेशन
समाज

मलद्वारमा लुकाएर ल्याएको १ किलो ८०३ ग्राम सुनजस्तो पदार्थसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । मलद्वारभित्र लुकाएर ल्याएको १ किलो ८०३ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा चीनको जिलिन स्थायी ठेगाना भएका ५८ वर्षीय जियानहुआ वाङ (JIANHUA WANG) छन्।

Marvel
Extreme Energy

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनी मंगलबार बिहान १ः२५ बजे नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० बाट हङकङ हुँदै काठमाडौं आएका थिए।

उनको गतिविधि शंकास्पद लागेपछि जाँच गर्ने क्रममा मलद्वारभित्र प्लास्टिकले बेरेर लुकाएको अवस्थामा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ। चारवटा गोलाकार अर्धठोस टुक्रामा रहेको उक्त पदार्थ प्लास्टिकको प्याकेटसहित १ किलो ८०३.७७ ग्राम रहेको छ।

भन्सार क्षेत्र पार गरेर बाहिर निस्कने क्रममा उनलाई उक्त पदार्थसहित नियन्त्रणमा लिइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

पक्राउ परेका वाङलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।

बरामद पदार्थ सुन हो वा अन्य कुनै धातु भन्नेबारे भने विज्ञप्तिमा खुलाइएको छैन। त्यसको परीक्षणपछि मात्रै वास्तविकता पुष्टि हुनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतिनिधिसभालाई अदालतले संवैधानिक नभएको जस्तो व्यवहार गर्‍यो : ओली

प्रतिनिधिसभालाई अदालतले संवैधानिक नभएको जस्तो व्यवहार गर्‍यो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतले प्रतिनिधिसभालाई संवैधानिक निकाय नै नभएको जस्तो व्यवहार गरेको आरोप लगाएका छन्।
तातोपानी नाका तत्काल खुलाउन चिनियाँ पक्षसँग परराष्ट्रमन्त्री खनालको आग्रह

तातोपानी नाका तत्काल खुलाउन चिनियाँ पक्षसँग परराष्ट्रमन्त्री खनालको आग्रह

परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल खुलाउन चिनियाँ पक्षसँग आग्रह गरेका छन्।
एमालेका कार्यकर्ताले प्रश्न गर्ने मात्र होइन जवाफ पनि दिनुपर्छ: सचिव पद्मा अर्याल

एमालेका कार्यकर्ताले प्रश्न गर्ने मात्र होइन जवाफ पनि दिनुपर्छ: सचिव पद्मा अर्याल

नेकपा (एमाले)की सचिव पद्मा अर्यालले एमाले राजनीतिक परीक्षा दिनुपर्ने चरणमा रहेको बताएकी छिन् । राष्ट्रिय भेलामा स्वागत मन्तव्य राख्दै अर्यालले आउने स्थानीय तहको निर्वाचनलाई राजनीतिक परीक्षा हुने बताइन्...

भर्खरै