नेभिगेशन
समाज

तातोपानी नाका तत्काल खुलाउन चिनियाँ पक्षसँग परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल खुलाउन चिनियाँ पक्षसँग आग्रह गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल भ्रमणमा रहेका चाइना पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ वानमिङसँग सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री खनालले नाका खुलाउन सम्बन्धित चिनियाँ निकायसँग विशेष पहल गर्न आग्रह गरेका हुन्।

Marvel
Extreme Energy

केही समयअघि रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीले रसुवागढी नाका बन्द भएको र हिउँदका कारण चीन जोड्ने अन्य उच्च हिमाली नाकासमेत पूर्ण रूपमा सञ्चालन हुन नसक्ने अवस्था रहेको उनले बताए।

यस्तो अवस्थामा काठमाडौंसँग सबैभन्दा छोटो दूरीमा रहेको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन आवश्यक रहेको खनालको भनाइ थियो।

‘तातोपानी नाका काठमाडौंबाट सबैभन्दा कम दूरीमा रहेको र यो नाका ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीकका रूपमा रहेको छ,’ उनले भने, ‘यसैले यो नाकालाई हाम्रा दुई मुलुकबीचको कनेक्टिभिटीका लागि तत्काल खुलाउन जरुरी छ।’

जवाफमा अध्यक्ष याङले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर काम गर्ने बताएका थिए।

भेटमा नेपाल–चीन व्यापार, पूर्वाधार, जलवायु परिवर्तन, जनस्तरको सम्बन्ध र शिक्षालगायत विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

WhatsApp-Image-2026-11-18-at-12.10.32-1794984865.jpeg

WhatsApp-Image-2026-11-18-at-12.10.31-(1)-1794984865.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतिनिधिसभालाई अदालतले संवैधानिक नभएको जस्तो व्यवहार गर्‍यो : ओली

प्रतिनिधिसभालाई अदालतले संवैधानिक नभएको जस्तो व्यवहार गर्‍यो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतले प्रतिनिधिसभालाई संवैधानिक निकाय नै नभएको जस्तो व्यवहार गरेको आरोप लगाएका छन्।
मलद्वारमा लुकाएर ल्याएको १ किलो ८०३ ग्राम सुनजस्तो पदार्थसहित चिनियाँ नागरिक पक्राउ

मलद्वारमा लुकाएर ल्याएको १ किलो ८०३ ग्राम सुनजस्तो पदार्थसहित चिनियाँ नागरिक पक्राउ

मलद्वारभित्र लुकाएर ल्याएको १ किलो ८०३ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।
एमालेका कार्यकर्ताले प्रश्न गर्ने मात्र होइन जवाफ पनि दिनुपर्छ: सचिव पद्मा अर्याल

एमालेका कार्यकर्ताले प्रश्न गर्ने मात्र होइन जवाफ पनि दिनुपर्छ: सचिव पद्मा अर्याल

नेकपा (एमाले)की सचिव पद्मा अर्यालले एमाले राजनीतिक परीक्षा दिनुपर्ने चरणमा रहेको बताएकी छिन् । राष्ट्रिय भेलामा स्वागत मन्तव्य राख्दै अर्यालले आउने स्थानीय तहको निर्वाचनलाई राजनीतिक परीक्षा हुने बताइन्...
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

पूर्वसांसद सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

भर्खरै