नेभिगेशन
समाज

पाँच स्थानीय तह भूमिहीन समस्यामुक्त, बाँकी ७४८ को प्रगति साप्ताहिक अनुगमन गरिने

काठमाडौं । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि स्थानीय तह र जिल्लाको प्रगति छुट्टाछुट्टै अनुगमन तथा मूल्याङ्कन गर्ने भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सामाजिक सञ्जालमार्फत अब प्रत्येक स्थानीय तहले समस्या समाधानका लागि पूरा गरेका चरण र साप्ताहिक प्रगतिको व्यवस्थित अभिलेख राखिने बताएकी छन्।

Marvel
Extreme Energy

उनका अनुसार समस्या समाधानमा प्रगति हुन नसकेका स्थानीय तह तथा जिल्लामा मन्त्रालयले हस्तक्षेप गरी देखिएका समस्या पहिचान र समाधानका लागि सहजीकरण गर्नेछ।

सरकारको लक्ष्य पहिले स्थानीय तहलाई भूमिहीन समस्यामुक्त बनाउने र त्यसपछि क्रमशः जिल्लालाई नै भूमिहीन समस्यामुक्त घोषणा गर्ने रहेको रावलले बताएकी छन्।

उनले यस अभियानमा सक्रियतापूर्वक लाग्न स्थानीय तहका जनप्रतिनिधि, नेतृत्व तथा जिल्ला नेतृत्वलाई आग्रह गरेकी छन्। समस्या समाधानका क्रममा मन्त्रालयको सहयोग, समन्वय वा सहजीकरण आवश्यक परे सम्पर्क गर्न पनि उनले अनुरोध गरेकी छन्।

रावलका अनुसार हालसम्म पाँच स्थानीय तह भूमिहीन समस्यामुक्त देखिएका छन्। अब बाँकी ७४८ स्थानीय तहलाई पनि यस अभियानमा अघि बढाइने उनले उल्लेख गरेकी छन्।

913536472_29777558785175296_6171937032867668624_n-1794981153.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पृथ्वीनारायण क्याम्पसलाई स्वायत्त डिग्री प्रदान गर्ने संस्थाका रूपमा रूपान्तरण गर्ने तयारी

पृथ्वीनारायण क्याम्पसलाई स्वायत्त डिग्री प्रदान गर्ने संस्थाका रूपमा रूपान्तरण गर्ने तयारी

त्रिभुवन विश्वविद्यालयको पुनर्संरचनाअन्तर्गत पोखरास्थित पृथ्वीनारायण (पीएन) क्याम्पसलाई स्वायत्ततासहित आफैँले उपाधि (डिग्री) प्रदान गर्न सक्ने संस्थाका रूपमा विकास गर्ने प्रक्रिया अघि बढाइएको छ।
एनपीएलमा कप्तानको प्रदर्शन : दीपेन्द्रको अलराउन्ड चमक, सोमपाल र हरमित पनि प्रभावशाली

एनपीएलमा कप्तानको प्रदर्शन : दीपेन्द्रको अलराउन्ड चमक, सोमपाल र हरमित पनि प्रभावशाली

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उपाधि होडको अन्तिम चरणमा पुगेको छ। फाइनल प्रवेशका लागि अब तीन खेल बाँकी रहँदा सहभागी आठ टोलीका कप्तानको व्यक्तिगत प्रदर्शन पनि...
जटिल प्रसूति समस्याकी गर्भवतीको हवाई उद्धार

जटिल प्रसूति समस्याकी गर्भवतीको हवाई उद्धार

जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेकी अछामकी २० वर्षीया गर्भवतीको हवाई उद्धार गरिएको छ र।
द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति मकवानपुरमा

द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति मकवानपुरमा

राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौं–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङमार्गको ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन आज मकवानपुर पुगेका छन्।

भर्खरै