नेभिगेशन
समाज

द्रुतमार्गको सबैभन्दा लामो महादेवटार सुरुङको ‘ब्रेक थ्रु’

काठमाडौँ । निर्माणाधीन काठमाडौँ–तराई–मधेश द्रुतमार्ग अन्तर्गत महादेवटारस्थित सबैभन्दा लामो सुरुङको आज ब्रेक थ्रु भएको छ । आज  राष्ट्रपति रामचन्द्र पौडेलले मकवानपुर महादेवटार सुरुङको ब्रेक थ्रु गरेका हुन् । यो सुरुङको दूरी ३.३९९ किलोमिटर रहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्नुका साथै राष्ट्रनिर्माण तथा विकासका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए । 

Marvel
Extreme Energy

“विशेष गरी विकट भौगोलिक अवस्था, जटिल भूबनोट तथा प्रतिकूल परिस्थितिका बाबजुद राष्ट्रिय महत्वका सडक तथा पूर्वाधार निर्माणमा नेपाली सेनाले लामो समयदेखि गर्दै आएको व्यावसायिक दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय एवम् अनुकरणीय रहेको छ”, राष्ट्रपति पौडेलले भने । 

राष्ट्रिय गौरवको आयोजनाको ट्र्याक निर्माणदेखि विशेष प्रकृतिका सुरुङ, पुलसहित देशकै पहिलो द्रुतमार्ग निर्माणमा नेपाली सेना निरन्तर क्रियाशील रहेको र काठमाडौँ उपत्यकालाई तराई÷मधेशसँग प्रत्यक्ष रूपमा जोड्ने करिब ७१ किलोमिटरको अत्याधुनिक प्रविधिमा आधारित यस द्रुतमार्गको निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने विश्वास पनि राष्ट्रपति पौडेलले व्यक्त गरे । 

यस आयोजनाको महत्व केवल भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित छैन भन्दै यसले राजधानी काठमाडौँ र तराई-मधेशबीचको भौगोलिक दूरी घटाउनुका साथै सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि उनले व्यक्त गरे । 
कार्यक्रममा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, पूर्वाधार विकास मन्त्री सुनील  लम्साल, नेपालस्थित चीनका राजदूत चाङ माओमिङ तथा कोरियाका राजदूत पार्क जे क्यूङ र प्रधान सेनापति अशोकराज सिग्देललगायतको सहभागिता थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पाँच स्थानीय तह भूमिहीन समस्यामुक्त, बाँकी ७४८ को प्रगति साप्ताहिक अनुगमन गरिने

पाँच स्थानीय तह भूमिहीन समस्यामुक्त, बाँकी ७४८ को प्रगति साप्ताहिक अनुगमन गरिने

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि स्थानीय तह र जिल्लाको प्रगति छुट्टाछुट्टै अनुगमन तथा मूल्याङ्कन गर्ने भएको छ।
पृथ्वीनारायण क्याम्पसलाई स्वायत्त डिग्री प्रदान गर्ने संस्थाका रूपमा रूपान्तरण गर्ने तयारी

पृथ्वीनारायण क्याम्पसलाई स्वायत्त डिग्री प्रदान गर्ने संस्थाका रूपमा रूपान्तरण गर्ने तयारी

त्रिभुवन विश्वविद्यालयको पुनर्संरचनाअन्तर्गत पोखरास्थित पृथ्वीनारायण (पीएन) क्याम्पसलाई स्वायत्ततासहित आफैँले उपाधि (डिग्री) प्रदान गर्न सक्ने संस्थाका रूपमा विकास गर्ने प्रक्रिया अघि बढाइएको छ।
एनपीएलमा कप्तानको प्रदर्शन : दीपेन्द्रको अलराउन्ड चमक, सोमपाल र हरमित पनि प्रभावशाली

एनपीएलमा कप्तानको प्रदर्शन : दीपेन्द्रको अलराउन्ड चमक, सोमपाल र हरमित पनि प्रभावशाली

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उपाधि होडको अन्तिम चरणमा पुगेको छ। फाइनल प्रवेशका लागि अब तीन खेल बाँकी रहँदा सहभागी आठ टोलीका कप्तानको व्यक्तिगत प्रदर्शन पनि...
जटिल प्रसूति समस्याकी गर्भवतीको हवाई उद्धार

जटिल प्रसूति समस्याकी गर्भवतीको हवाई उद्धार

जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेकी अछामकी २० वर्षीया गर्भवतीको हवाई उद्धार गरिएको छ र।

भर्खरै