नेभिगेशन
समाज

प्रधानमन्त्री बालेन र भारतीय राजदूत दलेलाबीच भेट, के भयो कुराकानी?

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको तयारी र नेपाल–भारत सम्बन्धका विषयमा छलफल भएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटमा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभारसमेत व्यक्त गरे।

Marvel
Extreme Energy

प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूतसँग जानकारी लिएका थिए।

जवाफमा राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताए।

उनले भ्रमणका एजेन्डा तय भइसकेको र भ्रमणलाई उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायबीच तीव्र रूपमा गृहकार्य भइरहेको जानकारी गराए।

भेटमा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको थियो।

प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह यही मङ्सिर ६ गते दुईदिने औपचारिक भ्रमणका लागि भारत जाँदै छन्।

प्रधानमन्त्री भएपछि छिमेकी मुलुक भारतमा उनको यो पहिलो औपचारिक भ्रमण हुनेछ। भ्रमणका क्रममा दुई देशबीच कनेक्टिभिटी विस्तार, विकास सहायता, ऊर्जा पूर्वाधार, पर्यटन प्रवर्द्धन र जनस्तरको सम्बन्ध सुदृढ बनाउने विषय प्रमुख एजेन्डामा रहने भएका छन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भ्रमणको तयारी तीव्र रूपमा भइरहेको जानकारी दिए।

‘विषयगत रूपमा आन्तरिक तयारी तीव्र पारिएको छ, भ्रमणका विषयमा विस्तृत जानकारी मन्त्रालयले छिट्टै सार्वजनिक गर्नेछ,’ उनले भने।

भ्रमणका क्रममा हवाई, रेल तथा सडक सञ्जाल विस्तारलाई विशेष प्राथमिकता दिइने तयारी छ। नेपाललाई थप हवाई प्रवेश बिन्दु उपलब्ध गराउने, हवाई कनेक्टिभिटी विस्तार गर्ने तथा ऊर्जा क्षेत्रका पूर्वाधार विकासका विषयमा पनि छलफल हुनेछ।

रेल र सडक सञ्जाल विस्तारका एजेन्डा

रेलवे कनेक्टिभिटीअन्तर्गत जनकपुर–अयोध्या रेलसेवा शुभारम्भ, जयनगर–जनकपुर रेलसेवा बर्दिबाससम्म विस्तार र रक्सौल–काठमाडौं रेलमार्गको सम्भावनाबारे छलफल हुने अपेक्षा गरिएको छ। अन्य सीमापार रेलवे सम्पर्क विस्तारका विषय पनि एजेन्डामा समेटिनेछन्।

त्यस्तै, सडक तथा पुल निर्माण, एकीकृत जाँच चौकी (आईसीपी) निर्माण र विद्युत् प्रसारण लाइन विस्तारका विषयमा पनि दुई देशबीच छलफल हुनेछ।

नेपालमा भारतीय सहयोगमा सञ्चालित विकास आयोजनाहरूको समीक्षा, निर्माणाधीन परियोजनालाई गति दिने तथा सम्पन्न आयोजनाको उद्घाटन र हस्तान्तरण गर्ने विषयले पनि भ्रमणमा प्राथमिकता पाउनेछन्।

विपद्पछिको पुनर्निर्माणमा भारतीय सहयोग अभिवृद्धि गर्ने विषयसमेत छलफलमा समेटिनेछ। केही नयाँ विकास आयोजना सुरु गर्ने विषयमा पनि सहमति जुटाउने प्रयास हुने अपेक्षा गरिएको छ।

भारतीय सहयोगमा निर्माण सम्पन्न भएका आयोजनामध्ये नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानको उद्घाटन तथा हस्तान्तरण पनि सम्भावित एजेन्डामा रहेको बुझिएको छ।

सीमापार भुक्तानीदेखि पर्यटन प्रवर्द्धनसम्म

भ्रमणमा दुई देशबीच पर्यटन प्रवर्द्धन र नागरिकस्तरको सम्बन्ध विस्तारका विषयमा पनि छलफल हुनेछ। सीमापार भुक्तानी प्रणालीलाई थप सहज र प्रभावकारी बनाउने विषयसमेत एजेन्डामा रहने सम्भावना छ।

प्रधानमन्त्री शाहको भ्रमणको तयारीकै सिलसिलामा भारतका विदेशसचिव विक्रम मिश्रीले गत कात्तिक १८ र १९ गते नेपालको औपचारिक भ्रमण गरेका थिए। त्यसक्रममा उनले प्रधानमन्त्री शाहसहित केही मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

भ्रमणको पूर्वसन्ध्यामा नेपाल र भारत दुवैले रिक्त रहेका आ–आफ्ना राजदूत नियुक्त गरिसकेका छन्। नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले पनि प्रधानमन्त्री शाहसँग मंगलबार सिंहदरबारमा शिष्टाचार भेट गरेका थिए।

भेटमा प्रधानमन्त्रीले भारत भ्रमणको तयारीबारे चासो राखेका थिए। राजदूत दलेलाले भ्रमणका एजेन्डा तय भइसकेको र त्यसलाई उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायले गृहकार्य गरिरहेको जानकारी दिएका थिए।

प्रधानमन्त्री शाहले गत चैत १३ गते जिम्मेवारी सम्हालेपछि गत असोज ६ गते संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन पहिलो विदेश भ्रमण गरेका थिए। भारत भ्रमण भने प्रधानमन्त्रीका रूपमा उनको पहिलो छिमेकी मुलुकको औपचारिक भ्रमण हुनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतिनिधिसभालाई अदालतले संवैधानिक नभएको जस्तो व्यवहार गर्‍यो : ओली

प्रतिनिधिसभालाई अदालतले संवैधानिक नभएको जस्तो व्यवहार गर्‍यो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतले प्रतिनिधिसभालाई संवैधानिक निकाय नै नभएको जस्तो व्यवहार गरेको आरोप लगाएका छन्।
मलद्वारमा लुकाएर ल्याएको १ किलो ८०३ ग्राम सुनजस्तो पदार्थसहित चिनियाँ नागरिक पक्राउ

मलद्वारमा लुकाएर ल्याएको १ किलो ८०३ ग्राम सुनजस्तो पदार्थसहित चिनियाँ नागरिक पक्राउ

मलद्वारभित्र लुकाएर ल्याएको १ किलो ८०३ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।
तातोपानी नाका तत्काल खुलाउन चिनियाँ पक्षसँग परराष्ट्रमन्त्री खनालको आग्रह

तातोपानी नाका तत्काल खुलाउन चिनियाँ पक्षसँग परराष्ट्रमन्त्री खनालको आग्रह

परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल खुलाउन चिनियाँ पक्षसँग आग्रह गरेका छन्।
एमालेका कार्यकर्ताले प्रश्न गर्ने मात्र होइन जवाफ पनि दिनुपर्छ: सचिव पद्मा अर्याल

एमालेका कार्यकर्ताले प्रश्न गर्ने मात्र होइन जवाफ पनि दिनुपर्छ: सचिव पद्मा अर्याल

नेकपा (एमाले)की सचिव पद्मा अर्यालले एमाले राजनीतिक परीक्षा दिनुपर्ने चरणमा रहेको बताएकी छिन् । राष्ट्रिय भेलामा स्वागत मन्तव्य राख्दै अर्यालले आउने स्थानीय तहको निर्वाचनलाई राजनीतिक परीक्षा हुने बताइन्...

भर्खरै