नेभिगेशन
समाज

शरणार्थी मुद्दामा सजाय काटेपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए टोपबहादुर रायमाझी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैदमुक्त भएका नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कैदमुक्त भएपछि पहिलोपटक औपचारिक सार्वजनिक कार्यक्रममा देखिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ज्येष्ठ नागरिकले पाउने सुविधाअन्तर्गत २५ प्रतिशत कैद छुट पाएर गत कात्तिक २६ गते डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझी बुधबारदेखि सुरु भएको एमालेको राष्ट्रिय भेलामा सहभागी हुन बबरमहलस्थित कार्की ब्यांक्वेट पुगेका हुन्। त्यहाँ एमालेको राष्ट्रिय कार्यकर्ता भ‍ेला चलिरहेको छ।

Marvel
Extreme Energy

६५ वर्ष उमेर पूरा भएपछि उनले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुट पाएका थिए। जिल्ला अदालत काठमाडौंको आदेशपछि उनी रिहा भएका हुन्।

रायमाझीलाई जिल्ला अदालत काठमाडौंले गत असार ३० गते नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर गर्दै चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा उनलाई दोषी ठहर गरिएको थियो।

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्च

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको प्रकरणमा रायमाझी मुछिएका थिए। यस प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत उच्च पदस्थ अधिकारी तथा बिचौलियाहरू पनि प्रतिवादी थिए।

प्रहरी अनुसन्धानअनुसार गिरोहले भुटानी शरणार्थीसम्बन्धी बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा हेरफेर गरी नक्कली नाम समावेश गरेको थियो। त्यसैका आधारमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना बनाइएको थियो। पहिलो चरणमा ४२९ नेपालीलाई शरणार्थीको भेषमा अमेरिका पठाउने प्रयास भएको अनुसन्धानमा खुलेको थियो। यस प्रकरणमा ३० जनाविरुद्ध चारवटा कसुरमा मुद्दा दायर गरिएको थियो। 

रायमाझीलाई २०८० वैशाखमा पक्राउ गरिएको थियो। जिल्ला अदालत काठमाडौंले २०८० असार १ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उच्च अदालत पाटनले पनि उनलाई थुनामै राख्ने जिल्ला अदालतको आदेश सदर गरेको थियो। पछि सर्वोच्च अदालतले २०८१ वैशाख १३ गते पनि उनलाई थुनामै राख्ने आदेश दिएको थियो। 

ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ अनुसार ६५ देखि ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले कैद सजायमा २५ प्रतिशत छुट पाउन सक्छन्। सोही व्यवस्थाअनुसार ६५ वर्ष पुगेका रायमाझीले जिल्ला अदालतमा दिएको निवेदन स्वीकार भएपछि रिहा भएका हुन्। चार वर्षको सजायमा २५ प्रतिशत छुट पाउँदा कायम भएको कैद अवधि र पहिले थुनामा बसेको समयको हिसाब मिलान गरेर उनलाई रिहा गरिएको हो। 

कैदमुक्त भए पनि उनीमाथिको दोषसिद्धि र फैसला भने ज्येष्ठ नागरिकको सुविधाका कारण स्वतः खारेज भएको होइन। सरकारी पक्षले जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने तयारी गरेको छ।

Top-Bahadur-Rayamajhi-UMLRastriya-Bhela_NPL-2-1794988637.JPG

Top-Bahadur-Rayamajhi-UMLRastriya-Bhela_NPL-3-1794988637.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सान्नी त्रिवेणी गाउँपालिकाको खाता रोक्का, नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई मात्र सञ्चालनको जिम्मा

सान्नी त्रिवेणी गाउँपालिकाको खाता रोक्का, नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई मात्र सञ्चालनको जिम्मा

सरकारले कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर बडुवालको नाममा सञ्चालित बैंक खाता रोक्का गर्न निर्देशन दिएको छ। मन्त्रालयले उनको ठाउँमा उदयराज उपाध्यायलाई खाता सञ्चालनको जिम्मेवारी दिएको...
एमालेमाथिको सरकारी दमन महँगो पर्नेछ : अध्यक्ष ओली

एमालेमाथिको सरकारी दमन महँगो पर्नेछ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि सरकारले निर्मम दमन गरेको आरोप लगाउँदै त्यसको प्रतिरोधका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन्।
प्रतिनिधिसभालाई अदालतले संवैधानिक नभएको जस्तो व्यवहार गर्‍यो : ओली

प्रतिनिधिसभालाई अदालतले संवैधानिक नभएको जस्तो व्यवहार गर्‍यो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतले प्रतिनिधिसभालाई संवैधानिक निकाय नै नभएको जस्तो व्यवहार गरेको आरोप लगाएका छन्।

भर्खरै