नेभिगेशन
सबै कुरा

मेनुका पौडेलको पहिलो लाइभ कन्सर्ट हुदैँ, माईपे वालेटबाट टिकट लिन सकिने

काठमाडौँ, मेनुका पौडेलको आफ्नो पहिलो लाईभ सांगीतिक कार्यक्रम काठमाडौंबाट गर्ने उनको आर्टिस्ट म्यानेजर माईपे इमेन्ट्सले जनाएको छ । तपस्या इन्टरटेन्मेन्टको आयोजनामा नेपालका प्रमुख ४ शहरहरुमा २०८० फाल्गुण १८ गते देखि चैत्र १६ गतेसम्म काठमाडौँ, चितवन, पोखरा र इटहरीमा उनको संगितिक कार्यक्रम हुन लागेको हो । उनको सम्पूर्ण कार्यक्रमको टिकट अनलाइनबाटै माईपे डिजिटल वालेटबाट लिन सकिन्छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२०५५ सालमा झापाको हल्दीबारी ४ मा जन्मेकी मेनुकाले १८ वर्षको उमेरमा नेपाल आईडलको पहिलो सिजनमा भाग लिईन् । नेपाल आईडलले नै उनलाई देशविदेशमा रहने नेपालीहरुमाझ चिनायो । त्यसपछि उनले भारतिय टीभी चयानल सारेगमपको मुम्बई अडिसनमा भाग लिइन् र उक्त कार्यक्रममा उनी टप ११ मा पर्न सफल भएकि थिइन । त्यसपछि इन्डियन आइडलमा गई आफ्नो जादुमयी आवाजले सबैलाई मोहित बनाएकी पौडेल टप १० सम्म पुग्न सफल भएकि थिइन् । 

Extreme Energy
citizen life

मेनुका पौडेलको यो पहिलो सांगीतिक नेपाल टुरमा आर्टिस्ट म्यानेज्मेन्ट माईपे इभेन्टले गरेको छ भने यस कार्यक्रमको प्रायोजन माईपे मनि ट्रान्सफरले गरेको छ । आगामी फाल्गुण १८ गते काठमाडौंको क्लब प्लाटिनममा साँझ ७ बजेदेखि कार्यक्रम सुरु हने आयोजकले जनाएको छ । हाल साधारण टिकटको दर रु १००० र विशिष्ट टिकटको दर रु.१५०० राखिएको यस कार्यक्रमको टिकेटिङ पार्टनर माईपे वालेटले जनाएको छ । उनको लाइभ सांस्कृतिक कार्यक्रम हेर्न दर्शकहरु तथा मेनुकाका समर्थकहरु उत्साहित देखिएका छन् ।        

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लालीबजारको प्रदर्शन रोकियो, दुबै पक्षसँग छलफल गर्न २२ गते पेशी

लालीबजारको प्रदर्शन रोकियो, दुबै पक्षसँग छलफल गर्न २२ गते पेशी

अदालतले २२ गतेसम्म चलचित्रको प्रदर्शन नगर्नु नगराउनु भी विपक्षीको नाममा अल्पकालिन अनतरिम आदेश दिएको हो । आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए १५ दिनभित्र...
अर्जुनले ल्याए सिर्जना र विवेकको प्रेमकथामा बनेको म्युजिक भिडियो 'तेरी मेरी कहानी'

अर्जुनले ल्याए सिर्जना र विवेकको प्रेमकथामा बनेको म्युजिक भिडियो 'तेरी मेरी कहानी'

ब्रेन क्यान्सरका कारण विवेकको निधन भएको वर्ष दिनको तिथि पारेर गीत रिलिज गरिएको हो । विवेकको उपचार चलिरहेको समयमा अमेरिकाबाट सिर्जनाले पोस्ट गर्ने भिडियोहरु नेपाल र भारतमा सामाजिक...
अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

छनोट समितिका अध्यक्ष विमल पौडेलले प्राप्त चलचित्रमध्येबाट विषयवस्तु, कलात्मकता र त्यसले दिएको सन्देशलाई मध्यनजर गर्दै ‘अञ्जिला’लाई प्रतिनिधित्व गराउने निर्णय भएको जानकारी दिए ।
सामाजिक सञ्जाल बन्द गरेर सरकारले कलाकारको पेटमा लात हान्यो - हास्य कलाकार बल्छी धुर्बे

सामाजिक सञ्जाल बन्द गरेर सरकारले कलाकारको पेटमा लात हान्यो - हास्य कलाकार बल्छी धुर्बे

‘मैले उत्पादन गर्ने, निर्देशन गर्ने दुई वटा कार्यक्रममा ५० जना आश्रित हुनुहुन्छ,’ श्रेष्ठले सिधाकुरासँग भने,‘मैले कर तिरेर सामाजिक सञ्जालको आम्दानी प्रयोग गरिरहेको हुँ । म  र मजस्तै माथि...