नेभिगेशन
सबै कुरा

बालेनले हटाए 'सिंहदरबार जलाउने' स्टाटस

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले चर्को आलोचना भएपछि सिंहदरबारमा आगो लगाउँछु भन्ने धम्कीपूर्ण स्टाटस डिलिट गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार राति काठमाडौ महानगरको सरकारी नम्बर प्लेटको गाडी ट्राफिक प्रहरीले केही बेर रोकेपछि सिंहदरबार जलाइदिने धम्की दिएका थिए ।

Ncell
Extreme Energy

 बालेनको धम्की : सिंहदरवारमा आगो लगाइदिन्छु

आइतबार मेयर साहको सचिवालयले एक विज्ञप्ति जारी गर्दै मेयर पत्नी सविना काफ्ले मेडिसिटी अस्पतालको एनआईसीयूमा रहेकी आफ्नी नवजात शिशुलाई भेटेर फर्किने क्रममा ७ मिनेटसम्म सडक किनारामा रोकी अनावश्यक केरकार गरेको आरोप लगाएको थियो ।

बालेनपत्नी काफ्लेलाई ट्राफिक प्रहरीले गरेकाे असभ्य व्यवहार खेदजनक : बालेन सचिवालय

ट्राफिक महाशाखाले भने सामान्य सोधपुछ मात्रै गरिएको भन्दै खण्डन गरेको थियो । जिम्मेवार भूमिका रहेको साहले आक्रोशमा गैरजिम्मेवार अभिव्यक्ति पोष्ट गरेपछि आलोचना भैरहेको थियो ।  सोमबार बिहान भने उनको फेसबुक पेजमा उक्त स्टाटस देखिएन । साहले उक्त स्टाटस  फेसबुकको पब्लिक वालबाट  हटाएका छन् । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।