नेभिगेशन
सबै कुरा

बालेनले हटाए 'सिंहदरबार जलाउने' स्टाटस

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले चर्को आलोचना भएपछि सिंहदरबारमा आगो लगाउँछु भन्ने धम्कीपूर्ण स्टाटस डिलिट गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार राति काठमाडौ महानगरको सरकारी नम्बर प्लेटको गाडी ट्राफिक प्रहरीले केही बेर रोकेपछि सिंहदरबार जलाइदिने धम्की दिएका थिए ।

Extreme Energy

 बालेनको धम्की : सिंहदरवारमा आगो लगाइदिन्छु

आइतबार मेयर साहको सचिवालयले एक विज्ञप्ति जारी गर्दै मेयर पत्नी सविना काफ्ले मेडिसिटी अस्पतालको एनआईसीयूमा रहेकी आफ्नी नवजात शिशुलाई भेटेर फर्किने क्रममा ७ मिनेटसम्म सडक किनारामा रोकी अनावश्यक केरकार गरेको आरोप लगाएको थियो ।

बालेनपत्नी काफ्लेलाई ट्राफिक प्रहरीले गरेकाे असभ्य व्यवहार खेदजनक : बालेन सचिवालय

ट्राफिक महाशाखाले भने सामान्य सोधपुछ मात्रै गरिएको भन्दै खण्डन गरेको थियो । जिम्मेवार भूमिका रहेको साहले आक्रोशमा गैरजिम्मेवार अभिव्यक्ति पोष्ट गरेपछि आलोचना भैरहेको थियो ।  सोमबार बिहान भने उनको फेसबुक पेजमा उक्त स्टाटस देखिएन । साहले उक्त स्टाटस  फेसबुकको पब्लिक वालबाट  हटाएका छन् । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।