नेभिगेशन
सबै कुरा

प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपाने पक्राउ

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलाई पक्राउ गरेको छ । 

तत्कालीन सेञ्चुरी बैंकमा रहँदा ऋण प्रवाहमा अनियमितता भेटिएपछि उनलाई सिआइबीले पक्राउ गरेको हो।

City Express

उनी प्रभुमा सेञ्चुरी गाभिनुअघि सेञ्चुरीमा सिइओ थिए । सिआइबीका अनुसार न्यौपानेसहित चार जना प्रभुको केन्द्रीय कार्यालय बबरमहलबाट र  पाँच जना कमलादी कार्यालयबाट पक्राउ परेका हुन् ।

यसअघि नेपाल राष्ट्र बैंकले सेञ्चुरीमा भएका कर्जा दुरुपयोगसम्बन्धी फाइल अध्ययन गर्न सिआइबीलाई अनुरोध गरेको थियो। सिआइबीको प्रारम्भिक अध्ययनमा न्यौपानेसहितका कर्मचारी दोषी देखिएपछि पक्राउ गरिएको हो।

सेञ्चुरीको कर्जा हिनामिना सम्बन्धमा थप अनुसन्धान गरिने सिआइबीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रभु बैंकलाई ‘नेपालको उत्कृष्ट डिजिटल SME बैंक’ उपाधि

प्रभु बैंकलाई ‘नेपालको उत्कृष्ट डिजिटल SME बैंक’ उपाधि

लण्डनस्थित Euromoney Limited ले प्रदान गर्ने यो पुरस्कारलाई विश्वकै प्रतिष्ठित बैंकिङ सम्मानमध्ये एक मानिन्छ। प्रभु बैंकले उद्यमीलाई सहज वित्तीय पहुँच, डिजिटल समाधान, आधुनिक प्रविधिको उपयोग र अनलाइन सेवामार्फत...
साउनमै थपियो १४ अर्बभन्दा बढी सरकारी ऋण

साउनमै थपियो १४ अर्बभन्दा बढी सरकारी ऋण

चालु आवको सुरुमा कूल सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकामा साउन मसान्तसम्ममा १४ अर्ब दुई करोड वृद्धि भई २६ खर्ब ८३ अर्ब ६० करोड पुगेको...
प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले मार्फा प्यालेस होटलमा विशेष छुट पाउने

प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले मार्फा प्यालेस होटलमा विशेष छुट पाउने

एक समारोहका बीच मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल र प्रभु बैंक लिमिटेड तर्फबाट, जोमसोम क्ल्स्टर प्रमुख तथा जोमसोम शाखाका शाखा प्रबन्धक नरेन्द« थकालीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्...
नेप्से परिसूचक २१ अङ्कले बढ्यो

नेप्से परिसूचक २१ अङ्कले बढ्यो

सोमबार ३१७ कम्पनीको एक करोड आठ लाख ७७ हजार ९४२ कित्ता शेयर ५७ हजार १५७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ७५ करोड ३२ लाख १९ हजार ६५२...