नेभिगेशन
सबै कुरा

प्रिमनसुन अवधि सुरुः आज देशभर बदली हुने

काठमाडौँ । नेपालमा हिउँद सकिएर हालै मात्र प्रिमनसुनको अवधि सुरु भएको छ । आँकलन गरिएभन्दा कम चिसो र कम पानी परेर यसपालीको हिउँद सकिएको हो ।

हिउँद सकिएर प्रिमनसुनको अवधि यही शुक्रबारदेखि सुरु भए पनि प्रिमनसुन सक्रिय हुन भने केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रिमनसुन अवधि सुरु भएपछिको आजको यो पहिलो मौसम बदली हो । 

City Express

मुख्यगरी पश्चिमी वायु र अरेवियन सागरको जलवाष्पयुक्त हावाका कारणले अहिले मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।

उनका अनुसार अहिले लुम्बिनी, बागमती, गण्डकी, कणाली प्रदेशमा बढी बदली रहेको छ । सुदूरपश्चिम, कोशी र मधेशमा कम बदली रहेको भन्दै यो सर्दै गएकाले ती क्षेत्रमा पनि बदली हुने लामिछानेले बताए । यो क्रम आज रातिसम्म बढ्दै जाने र भोलिदेखि क्रमशः मौसममा सुधार हुने लामिछानेले जानकारी दिए । । आज राति पश्चिमी भू–भागमा बढी बदली हुने उनकाे भनाइ छ । 

काठमाडौँमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ । गत मङ्सिर १६ गतेदेखि फागुन १७ गतेसम्मको अवधि यस वर्षको हिउँदको समय थियो । हिउँदले बिदा लिए पनि अझै पश्चिमी वायुको प्रभाव बाँकी नै रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निर्माणाधीन मितेरी पुल दसैँ अघिनै सम्पन्न हुने

निर्माणाधीन मितेरी पुल दसैँ अघिनै सम्पन्न हुने

आफ्नो तर्फको भागमा पुल निर्माणसम्बन्धी काम पूरा गरिसकेको चिनियाँ पक्षले नेपालतर्फको भागमा समेत पिलर राख्ने भुइँ सहतको ढलान गर्ने काम आज सम्पन्न गरेसँगै अब छिट्टै पुल बन्ने भएको...
कार्यकर्ता संगै पार्टी कार्यालयको सरफाईमा जुटे प्रचण्ड(तस्बिरहरु)

कार्यकर्ता संगै पार्टी कार्यालयको सरफाईमा जुटे प्रचण्ड(तस्बिरहरु)

जेन जी आन्दोलनको क्रममा भाद्र २४ गते आन्दोलनकारीको समूहले तोडफोड र आगजनी गरेको पार्टीको कार्यालय पुगी प्रचण्डले सरसफाई र अवलोकन गरेका हुन् ।
जेन–जी शहीदहरुको शवयात्रा (तस्बिरहरु)

जेन–जी शहीदहरुको शवयात्रा (तस्बिरहरु)

१० जनाको शव र्‍यालीसहित लगिएकोमा ६ जनाको शव हेलिकप्टरमा काठमाडौं बाहिर लगिने भएको छ । चार जनाको पशुपतिमा अन्त्येष्टि गरिनेछ । सरकारले आन्दोलनमा मृत्यु हुनेलाई राष्ट्रिय झण्डा ओढाई...
उच्च मनोवलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई गृहमन्त्री अर्यालकाे आग्रह

उच्च मनोवलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई गृहमन्त्री अर्यालकाे आग्रह

मंगलबार युवाहरुको आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरिक्षण गर्दै गृहमन्त्री अर्यालले उच्च मनोवलका साथ आफ्नो काममा खटिन आग्रह गरेका हुन ।