नेभिगेशन
सबै कुरा

आर्थिक संकटतर्फ मनमोहन अस्पतालः ऋण नतिरेको भन्दै राजेन्द्र पाण्डेको नाममा २१ दिने सूचना जारी

काठमाडौँ । प्रतिनिधिसभाका बहालवाला सांसद तथा पूर्व मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे स‌ंलग्न नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडले सहकारीकाे ऋण नतिरेकाे पाईएकाे छ । ललितपुरको पुल्चोकबाट सञ्चालित लालीगुराँस बहुउद्देश्यीय सहरकारी संस्था लिमिटेडले पत्रिकामा सूचना जारी गर्दै पाण्डेसहितलाई ऋण तिर्न आउन आग्रह गरेको छ ।

नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडले काठमाडाैँकाे स्वयम्भुमा मनमाेहन मेमाेरियल हस्पिटल सञ्चालन गर्दै आएकाे छ । तर साे सहकारीले संस्थागत प्रयोजनको लागि लिएको कर्जाको सम्झौता अनुसार बुझाउनुपर्ने साँवा, ब्याज र अन्य दस्तुर नतिरेर कर्जासम्बन्धी सर्तहरुको उल्लंघन गरेको र रकम चुक्ता गर्न पटक पटक मौखिक तथा लिखित रुपमा ताकेत गर्दा समेत कर्जा चुक्ता गर्ने तर्फ कुनै चासो नदेखाई बेवास्ता गरेको सूचनामा उल्लेख छ । 

१७ गते प्रकाशित सूचनामा २१ दिनभित्र कर्जाको सावाँ, ब्याज तथा अन्य दस्तुर चुक्ता गर्न भनिएको छ । अन्यथा फोटो समेतको विरण खुलाई १५ दिने सूचना प्रकाशित गरी सम्पूर्ण रकम असुल उपर प्रक्रिया अघि बढ्ने चेतावनी दिइएको छ । 

लालीगुराँस सहकारीले नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाका अध्यक्ष व‌ंशिधर मिश्र, उपाध्यक्ष जीवनप्रकाश शर्मासहित ११ जना सञ्चालक समिति सदस्य, व्यक्तिगत जमानी बसेका बागमति प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, बागमति प्रदेशकै पूर्व सांसद रामकुमार अधिकारी, सरला केसी, हेमलता मुडवरी लगायतकाे नाममा सूचना प्रकाशित भएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाको बिस्तारित बैठकअघि केन्द्रीय समिति बैठक

रास्वपाको बिस्तारित बैठकअघि केन्द्रीय समिति बैठक

बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् भने उपसभापति डा स्वर्णिम वाग्लेले निर्वाचन लक्षित वाचा पत्र पेस गर्नेछन् ।
रास्वपाकाे विस्तारि बैठक सौराहामा सुरु हुँदै, डिपी अर्यालले राजनीतिक प्रतिवेदन पेश गर्दै

रास्वपाकाे विस्तारि बैठक सौराहामा सुरु हुँदै, डिपी अर्यालले राजनीतिक प्रतिवेदन पेश गर्दै

फागुन २१ को निर्वाचन तथा पार्टीको आगामी रणनीति तय गर्ने छ । बैठकमा पार्टी केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार परिषद्का सदस्य, केन्द्रीय विभागका पदाधिकारी, प्रदेशका सचिवालय सदस्य, प्रतिनिधिसभा...
आजको मौसमः देशका अधिकांश भागमा आज मौसम सफा रहने

आजको मौसमः देशका अधिकांश भागमा आज मौसम सफा रहने

कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भागमा मौसम मुख्यतः सफा रहनेछ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भागका...
धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

कैलाली जिल्लामा कात्तिक ११ गतेदेखि धान खरिद सञ्चालन गर्ने सूचना निकालिएको थियो । मौसमका कारण कात्तिक १६ गतेदेखि धान खरिद सुरु गरेको भजनी खरिद उपकेन्द्रका कर्मचारी भीमबहादुर बुढा...