नेभिगेशन
सबै कुरा

कालिमाटी तरकारी बजारको कृषक प्रतिनिधिमा शिक्षा व्यवसायी नियुक्त

काठमाडौँ । कालिमाटी फुलफूल तथा तरकारी बजार विकास समितिको कृषक प्रतिनिधिमा गैरकिसानलाई नियुक्त गरिएको पाइएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले माघ २४ गते नियुक्त गरेका ३ जना किसान प्रतिनिधिहरु मध्ये एक जना काठमाडौँका स्थानीय शिक्षा व्यवसायी रहेको खुलेको हो ।

कृषि मन्त्रालयले बजार विकास समितिमा रिक्त रहेका ३ जना किसान प्रतिनिधिमा सिन्धुलीका कालिदास देवकोटा, काभ्रेका मिठाराम घिमिरे र काठमाडौँका शालिकराम खड्कालाई नियुक्त गरेको थियो ।

नियुक्ती पाएका ३ मध्ये काठमाडौँका खड्का मन्त्री भुसालका छिमेकी र पार्टीको सदस्य रहेकै कारण सिफारिस भएको भेटिएको हो । काठमाडौँ महानगरपालिका १४ कुलेश्वरका स्थानीय खड्का शिक्षण पेशासँगै शिक्षा क्षेत्रका व्यवसायी समेत हुन् । काठमाडौँमा जन्मे हुर्केका उनले आफू कृषककै छोरा भएको भन्दै आफूलाई गैरकृषक भन्न नमिल्ने जिकिर गरे । 

‘मेरो पुख्र्यौली घर धादिङको धुनिबेसी हो । मेरो पुर्खाले कृषि गर्नुहुन्थ्यो,’ खड्काले सिधाकुरासँग भने,‘अहिले पनि हाम्रो धादिङमा पुख्र्यौली कृषि फर्म छ । तर, म जन्मे हुर्केको भने काठमाडौँमै हो ।’

धादिङको धुनेबेशी नगरपालिका ६ गौचरणमा आफ्नो एक कृषि फार्म हाउस रहेको उनले दाबी गरे । धुनिबेसी नगरपालिकामा यसबारे बुझ्दा केही व्यापारीहरुको लगानीमा वडा नम्बर ६ मा ओरेन्ज एग्रो रिसोर्टमा खड्काले लगानी गररेको पाइएको छ । 

स्थानीय भतिजो सन्तोष खड्कासँगको साझेदारीमा खुलेको रिसोर्टमा उनको पनि सेयर रहेको र खड्काले रिसोर्टको काठमाडौँतर्फको मार्केटिङ हेर्ने गरेको नगरपालिका स्रोतले जनाकारी दियो । 

कालिमाटी बजार सञ्चालनका लागि सरकारले २०५८ सालमा गठन आदेश जारी गरेको थियो । गठन आदेशको दफा ३ ले कालिमाटी बजारमा व्यवसाय गर्ने व्यवसायीको तर्फबाट ३ जना प्रतिनिधि समितिमा रहने व्यवस्था गरेको छ । सोही दफामा टेकेर मन्त्रीस्तरीय निर्णयबाट खड्का लगायतको नियुक्ती भएको थियो । नियुक्तीको २ दिन पछि २६ माघमा उनीहरुको बजार विकास समितिमा बहाली भएको थियो । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति अन्र्तगत ६२५ वटा पसलहरु सञ्चालनमा छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

निर्वतनमा सांसद तोसिमा कार्कीले पनि पार्टीलाई लेबी तिर्न नसक्ने जनाएकी छिन् । कोषाध्यक्ष अधिकारीका अनुसार रास्वपामा पदाधिकारी,केन्द्री सदस्य तथा कुनै पनि तहका नेता कार्यकताले आर्थिक अवस्था उल्लेख गरी...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाए ।
काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औं महाधिवेशन बृहत दबाबमूलक भेलामा बोल्दै उनीहरुले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रीत गर्नुपर्ने समयमा विशेष महाधिवशेन...

भर्खरै