नेभिगेशन
सबै कुरा

कालिमाटी तरकारी बजारको कृषक प्रतिनिधिमा शिक्षा व्यवसायी नियुक्त

काठमाडौँ । कालिमाटी फुलफूल तथा तरकारी बजार विकास समितिको कृषक प्रतिनिधिमा गैरकिसानलाई नियुक्त गरिएको पाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले माघ २४ गते नियुक्त गरेका ३ जना किसान प्रतिनिधिहरु मध्ये एक जना काठमाडौँका स्थानीय शिक्षा व्यवसायी रहेको खुलेको हो ।

Ncell
Extreme Energy

कृषि मन्त्रालयले बजार विकास समितिमा रिक्त रहेका ३ जना किसान प्रतिनिधिमा सिन्धुलीका कालिदास देवकोटा, काभ्रेका मिठाराम घिमिरे र काठमाडौँका शालिकराम खड्कालाई नियुक्त गरेको थियो ।

नियुक्ती पाएका ३ मध्ये काठमाडौँका खड्का मन्त्री भुसालका छिमेकी र पार्टीको सदस्य रहेकै कारण सिफारिस भएको भेटिएको हो । काठमाडौँ महानगरपालिका १४ कुलेश्वरका स्थानीय खड्का शिक्षण पेशासँगै शिक्षा क्षेत्रका व्यवसायी समेत हुन् । काठमाडौँमा जन्मे हुर्केका उनले आफू कृषककै छोरा भएको भन्दै आफूलाई गैरकृषक भन्न नमिल्ने जिकिर गरे । 

‘मेरो पुख्र्यौली घर धादिङको धुनिबेसी हो । मेरो पुर्खाले कृषि गर्नुहुन्थ्यो,’ खड्काले सिधाकुरासँग भने,‘अहिले पनि हाम्रो धादिङमा पुख्र्यौली कृषि फर्म छ । तर, म जन्मे हुर्केको भने काठमाडौँमै हो ।’

धादिङको धुनेबेशी नगरपालिका ६ गौचरणमा आफ्नो एक कृषि फार्म हाउस रहेको उनले दाबी गरे । धुनिबेसी नगरपालिकामा यसबारे बुझ्दा केही व्यापारीहरुको लगानीमा वडा नम्बर ६ मा ओरेन्ज एग्रो रिसोर्टमा खड्काले लगानी गररेको पाइएको छ । 

स्थानीय भतिजो सन्तोष खड्कासँगको साझेदारीमा खुलेको रिसोर्टमा उनको पनि सेयर रहेको र खड्काले रिसोर्टको काठमाडौँतर्फको मार्केटिङ हेर्ने गरेको नगरपालिका स्रोतले जनाकारी दियो । 

कालिमाटी बजार सञ्चालनका लागि सरकारले २०५८ सालमा गठन आदेश जारी गरेको थियो । गठन आदेशको दफा ३ ले कालिमाटी बजारमा व्यवसाय गर्ने व्यवसायीको तर्फबाट ३ जना प्रतिनिधि समितिमा रहने व्यवस्था गरेको छ । सोही दफामा टेकेर मन्त्रीस्तरीय निर्णयबाट खड्का लगायतको नियुक्ती भएको थियो । नियुक्तीको २ दिन पछि २६ माघमा उनीहरुको बजार विकास समितिमा बहाली भएको थियो । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति अन्र्तगत ६२५ वटा पसलहरु सञ्चालनमा छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कानुन मन्त्री गौतमले ल्याएका दुई विधेयक अगाडि बढ्दै, के छ विधेयकमा ?

कानुन मन्त्री गौतमले ल्याएका दुई विधेयक अगाडि बढ्दै, के छ विधेयकमा ?

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ल्याएका दुई विधेयक संसदमा अगाडि बढ्दैछन् ।
किम्रुङखोलाको बहाव पूर्ववत् अवस्थामा छ, जोखिम छैन– वडाध्यक्ष गुरुङ

किम्रुङखोलाको बहाव पूर्ववत् अवस्थामा छ, जोखिम छैन– वडाध्यक्ष गुरुङ

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक  किम्रुङखोलाको बहाव आज बिहानदेखि पुरानै अवस्थामा फर्किएको छ ।
भदौ २४ मा देश जलाउनेहरू जेनजी थिएनन्, राष्ट्रका दुश्मन थिए : विष्णु रिजाल

भदौ २४ मा देश जलाउनेहरू जेनजी थिएनन्, राष्ट्रका दुश्मन थिए : विष्णु रिजाल

नेकपा एमालेका नेता विष्णु रिजालले गत वर्ष भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरू जेनजी नभई ‘नेपाल राष्ट्रका दुश्मन’ भएको टिप्पणी गरेका छन्।
रास्वपा सभापति लामिछानेले आज संसदमा सम्बोधन गर्ने

रास्वपा सभापति लामिछानेले आज संसदमा सम्बोधन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् ।