नेभिगेशन
सबै कुरा
मन्त्री प्राेफाइल :

एमालेको ‘म्यान अफ दि इलेक्सन’ पदम गिरी, दोस्रो पटक सिंहदरबार यात्रामा

काठमाडौंँ । पदम गिरी विद्यार्थी राजनीतिबाट उदाएका नेकपा एमालेका युवा नेता हुन् । वि.सं २०३३ मा पर्वतको दुर्लुङमा जन्मिएका गिरीको पृथ्वीनारायण क्याम्पसबाट राजनीतिक यात्रा सुरु भएको थियो । २०५० सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा भर्ना भएका उनी भर्ना भएकै वर्ष एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूमा प्रवेश गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२०५४ मा नेकपा एमाले दुर्लुङ गाउँ कमिटी सचिवबाट पार्टीको सक्रिय राजनीतिमा आवद्ध भएका उनी २०५५ सालमा अनेरास्वीयू पृथ्वीनारायण क्याम्पसको प्रारम्म्भिक कमिटीको सचिव हुँदै स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भए ।

Ncell
Extreme Energy

उनी २०५७ सालमा अनेरास्ववियू पृथ्वीनारायण क्याम्पसको प्रारम्भिक कमिटीको अध्यक्ष बने । त्यतिमात्र नभएर स्वतन्त्र विद्यार्थी युनियनको उपसमितिमा समेत निर्वाचित भएका थिए गिरी । 

विद्यार्थी राजनीतिकै क्रममा अनेरास्ववियू राष्ट्रिय परिषद सदस्य हुँदै केन्द्रीय सदस्य बनेका पदम गिरी २०५९ सालको स्ववियू निर्वाचनमा पुनः दोस्रो पटक उपसभापतिमा  निर्वाचित भए । त्यस्तै उनी २०६२ सालको स्ववियू निर्वाचनमा पृथ्वीनारायण क्याम्पसको सभापतिमा निर्वाचित भए । यहि बिचमा २०६७ मा नेकपा एमाले पर्वत जिल्ला कमिटी सचिवालय सदस्य बनेका उनी २०७२ मा भएको पर्वतको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भए । 

त्यतिञ्जेल विद्यार्थी राजनीति र जिल्लामा राजनीति गरेका गिरी २०७४ पछि देशको राष्ट्रिय राजनीतिमा प्रवेश गरे । २०७४ मंसिर २१ मा भएको आम निर्वाचनमा पर्वत १ बाट नेपाली कांग्रेसका अर्जुन जोशीलाई पराजित गर्दै संघीय सांसद बने ।

२०७५ मा नेकपा एमालेको गण्डकी प्रदेश कमिटी सदस्य बनेका उनी एमालेको दसौँ महाधिवेशनबाट केन्द्रीय सदस्य तथा पर्वत जिल्ला सह–इन्चार्ज बने । 

यस्तै,२०७९ मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दोस्रो पटक पनि गिरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । उनले नेपाली काँगे्रसकै अर्जुन जोशीलाई पुनः हराउँदै दोस्रो पटक संसद यात्रा तय गरेका थिए । 

दोस्रो पटक प्रतिनिधिसभा सदस्य बनेका उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पहिलो चुनावी मन्त्रिमण्डलमा २०७९ माघ ३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त भए । त्यसअघि राज्य र सहायकमन्त्री मात्र पाएको पर्वतले पहिलो पटक गिरीमार्फत नै फुल मन्त्री पाएको थियो । तर, करिब डेढ महिना मन्त्रालयको नेतृत्व सम्हालेका गिरी २०७९ फागुन १५ गते सत्ता गठबन्धन टुटेसंगै बहिर्गमनमा परे । 

प्रचण्डले राष्ट्रपति निर्वाचनमा गठबन्धन परिवर्तन गरेसँगै एमाले सरकारबाट बाहिरियो । जसका कारण गिरीले पदबाट राजीनामा दिएका थिए । 

संसदीय निर्वाचनमा ‘ह्याट्रिक’ उम्मेदवार जोशीलाई दुईपटकसम्म पराजित गरेका गिरीलाई पार्टीभित्रका नेताहरुले ‘म्यान अफ दि इलेक्सन’ को ट्याग दिने गरेका छन् । त्यस्तै पार्टी राजनीति र इमानमा अडिग गिरीलाई राजनीतिक कद बढाउन पार्टी अध्यक्ष केपी ओलीले पार्टीको प्रमुख सचेतकको भुमिका दिएका थिए । 

आइतबार राति एकाएका सत्ता समिकरण बदलिएर २०७९ पुस १० मै फर्किएपछि गिरी पुनः मन्त्रीको रुपमा सिंह दरबार प्रवेश गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
आज कति छ अमेरिकी डलरको मूल्य?

आज कति छ अमेरिकी डलरको मूल्य?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।