नेभिगेशन
सबै कुरा
मन्त्री प्राेफाइल :

नुवाकोटमा कांग्रेसको गढ भत्काएर माओवादी झण्डा गाडेका हितबहादुर

काठमाडौँ ।  नुवाकोट जिल्लाको पञ्चकन्यामा वि.स.२०२० सालमा बाबु माइते तामाङ र आमा श्रीमाया तामाङको कोखबाट जन्मिएका हितबहादुर तामाङ यस क्षेत्रको प्रभावशाली नेता हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मध्यम वर्गमा खेती किसानी गरिरहेका परिवारमा जन्मएका उनी नुवाकोट कै अमर ज्योति उच्च मावि खरानीटारमा आफ्नो औपचारिक शिक्षा सुरुवात गरेका थिए । १६ वर्षको उमेरमा कम्युनिष्ट राजनीतिमा लागेका उनी ९ कक्षामा हुदैँ गर्दा २०३८ सालमा नुवाकोटको जिल्ला समिति सचिव पदको जिम्मेवारी सम्हालेका थिए । २०३९ सालमा एस.एल.सी. उतिर्ण गरेका उनी विद्यार्थी राजनीतिबाट फड्को मार्दै २०४७ सालमा पार्टी सदस्य बनेका थिए । २०४८ सालमा  जिल्ला उपाध्यक्ष, २०४९ जनवादी युवा लिगको केन्द्रीय सदस्य, २०५१ सालमा संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्य भएका  थिए । 

Ncell
Extreme Energy

२०५२ सालमा तत्कालिन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेपछि जनयुद्धको सुरुवातमै तत्कालिन नेकपा माओवादीमा आवद्ध भएर भूमिगत भएका थिए । भूमिगत रहँदा २०५३ सालमा क्षेत्रिय ब्यूरो सदस्य तथा नुवाकोट र रसुवा संयुक्त जिल्ला इन्चार्ज, २०५९ सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य भएका थिए । जनयुद्धमा लागेको ७ वर्षपछि भारत सरकारले देशद्रोहीको अभियोग लगाएर २०५९ जेठ २० गते गिरफ्तार गरेर नेपाल सरकारलाई जिम्मा लगाएको थियो । त्यसपछि उनी केन्द्रीय कारागारमा २५ महिना बन्दी बनेका थिए । 

नेकपा माओवादी शान्ति प्रक्रियामा आएपश्चात रिहा भएँंगै माओवादीको केन्द्रीय सदस्य हुँदै बामपन्थी आन्दोलन तथा जातीय हकहितको आन्दोलनका अगुवा रहेका उनी नेकपा माओवादी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाका संस्थापक समेत हुन् । नेता तमाङ तत्कालिन नुवाकोट क्षेत्र नं. २ बाट २०६३ को संविधान सभा पहिलो निर्वाचनमा र २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा समेत झिनो मतले पराजित भएका थिए । 

झलनाथ खनाल प्रधानमन्त्री भएको बेला २०६६ सालमा सरकारको युवा तथा खेलकुदमन्त्री बनेका तामाङले राजनीतिक यात्रामा विभिन्न उत्तरचढाव भोगेका छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्व अर्थमन्त्री राम शरण महतलाई पराजित गर्दै नेता तामाङ २०७० मंसिरमा सम्पन्न निर्वाचनमा नुवाकोट क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । यसैगरी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट १ बाट नेपाली कांग्रेसका उम्मेदवार डा. रामशरण महतलाई ८ हजार ५ सय ५३ मतले पराजित गरेका थिए । बि.स. २०७५ सालदेखि केन्द्रीय सदस्य बनेका उनी नुवाकोट क्षेत्र नं. १ बाटै नेकपा एमालेका उम्मेदवार बद्री मैनालीलाई तीन हजार ११२ मतान्तरले हितबहादुर तामाङ विजयी भएका थिए ।

उनै हितबहादुर तमाङ ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सोमबार मन्त्री भएर पद तथा गोपनियताको शपथ लिएका छन् । माओवादीमा इमान्दार भएर पनि कम अवसर पाएका नेताको रुपमा उनको चर्चा हुने गरेको छ । उनले कुन मन्त्रालय पाउँछन भन्ने चाहीँ अझै टुंगो लाग्न बाँकी छ ।  


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
आज कति छ अमेरिकी डलरको मूल्य?

आज कति छ अमेरिकी डलरको मूल्य?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।