नेभिगेशन
सबै कुरा

उदयपुर उद्योग वाणिज्य संघ कटारीको नेतृत्व सर्वसम्मत, अध्यक्षमा बस्नेत

उदयपुर । उदयपुर उद्योग वाणिज्य संघ कटारीको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । आइतवार उम्मेदवारको मनोनयन दर्ता भएपनि महासचिव र सदस्यको पदमा मात्र दोहोरो उम्मेदवारी परेको थियो। दोहोरी उम्मेदवारी परेकालाई सोमबार सर्वसम्मत गराउन भन्दै उम्मेद्वारी फिर्ता गराएपछि  नेतृत्व सर्वसम्मतले चयन भएको हो । 

निर्वाचन समितिले अध्यक्षमा जमान सिंह बस्नेतको नेतृत्वमा संघको सबै पदाधिकारी सर्वसम्मत चयन भएको घोषणा गरेको छ । अध्यक्ष बस्नेतसँगै संघको वरिष्ठ उपाध्यक्षमा अरुण शाह  सर्वसम्मत चयन भएका छन् । यसअघि पनि संघको वरिष्ठ उपाध्यक्षमा शाह रहेका थिए ।

City Express

यस्तै संघको उपाध्यक्ष उद्योगमा मुना कटुवाल, उपाध्यक्ष वाणिज्यमा पुस्प सुन्दर टक्सारी र उपाध्यक्ष सचिवालयमा रुद्र बहादुर खत्री (गोपाल) चयन भएका छन्। संघको महासचिवमा भने धीरज खड्का चयन भएका छन् । त्यसैगरी संघको सचिव उद्योगमा दिनेश्वर शाह ,सचिव वाणिज्यमा बंशिधर न्यौपाने र सचिव सचिवालयमा आनंद कुमार महासेठ चयन भएका छन् । कोषाध्यक्षमा द्वारिका खड्का र सह कोषाध्यक्षमा प्रदीप ढुंगाना चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा दिवस श्रेष्ठ, धुर्ब कुमार लामीछाने, प्रिजन राज कायस्थ, गणेश थापा, सुब्बा बहादुर खड्का (सुबास), बेद प्रसाद पराजुली, राज कुमार बुढाथोकी, पंकज कुमार जैन, संन्तोष श्रेष्ठ, विकास कुमार थापा, बब्लु कुमार गुप्ता, शम्भु लाल दास, हेम बहादुर खत्री, चन्द्र कृष्ण खत्री,दिपेन्द्र श्रेष्ठ, सर्वसम्मत चयन भएका छन् ।

विधानतः निवर्तमान अध्यक्षसहित संघको कूल २८ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ । नवनिर्वाचित कार्यसमितिको पदावधि तीन वर्षको हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शहीद विनोद महर्जनको घरमा पुगे कुलमान, युवाहरुका आकांक्षा अनुसार काम गर्ने प्रतिवद्धता

शहीद विनोद महर्जनको घरमा पुगे कुलमान, युवाहरुका आकांक्षा अनुसार काम गर्ने प्रतिवद्धता

बुधबार पाटनस्थीत घरमा पुगेर मन्त्री घिसिङले महर्जनप्रति श्रद्धाञ्जलीका साथै परिवारजनप्रति समवेदना व्यक्त गर्दै आफन्तसँग छलफल गरेका हुन् । सो क्रममा महर्जनको परिवारले देशलाई परिवर्तन गर्न युवाहरुले दिएको बलिदानलाई...
कैलालीमा २२६ कैदीबन्दी कारागार फर्किए

कैलालीमा २२६ कैदीबन्दी कारागार फर्किए

हालसम्म २७ महिला र १९९ पुरुष कैदीबन्दी कारागार फर्र्किएका जिल्ला कारागार कार्यालयका प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिए । उनले केही कैदबन्दी भागेको भोलिपल्ट नै सम्पर्कमा आएका बताए ।...
सभामुख पाठकद्वारा राजीनामा

सभामुख पाठकद्वारा राजीनामा

उनले उपसभामुख अपसरा चापागाईलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन । नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्था अनुसार सभामुख पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।
जुवा प्रतिबन्धपछि भारतीय खेलप्रेमी अवैध साइटतर्फ मोडिँदै

जुवा प्रतिबन्धपछि भारतीय खेलप्रेमी अवैध साइटतर्फ मोडिँदै

गत महिना भारतीय संसद्ले अनलाइन जुवामा प्रतिबन्ध लगाउने कानून पारित गरेको थियो । सरकारी तथ्याङ्कअनुसार कम्पनीहरूले ४५ करोड मिलियन मानिसबाट वार्षिक दुई अर्ब ३० करोड डलर उठाइरहेका थिए...