नेभिगेशन
सबै कुरा

उदयपुर उद्योग वाणिज्य संघ कटारीको नेतृत्व सर्वसम्मत, अध्यक्षमा बस्नेत

उदयपुर । उदयपुर उद्योग वाणिज्य संघ कटारीको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । आइतवार उम्मेदवारको मनोनयन दर्ता भएपनि महासचिव र सदस्यको पदमा मात्र दोहोरो उम्मेदवारी परेको थियो। दोहोरी उम्मेदवारी परेकालाई सोमबार सर्वसम्मत गराउन भन्दै उम्मेद्वारी फिर्ता गराएपछि  नेतृत्व सर्वसम्मतले चयन भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचन समितिले अध्यक्षमा जमान सिंह बस्नेतको नेतृत्वमा संघको सबै पदाधिकारी सर्वसम्मत चयन भएको घोषणा गरेको छ । अध्यक्ष बस्नेतसँगै संघको वरिष्ठ उपाध्यक्षमा अरुण शाह  सर्वसम्मत चयन भएका छन् । यसअघि पनि संघको वरिष्ठ उपाध्यक्षमा शाह रहेका थिए ।

Ncell
Extreme Energy

यस्तै संघको उपाध्यक्ष उद्योगमा मुना कटुवाल, उपाध्यक्ष वाणिज्यमा पुस्प सुन्दर टक्सारी र उपाध्यक्ष सचिवालयमा रुद्र बहादुर खत्री (गोपाल) चयन भएका छन्। संघको महासचिवमा भने धीरज खड्का चयन भएका छन् । त्यसैगरी संघको सचिव उद्योगमा दिनेश्वर शाह ,सचिव वाणिज्यमा बंशिधर न्यौपाने र सचिव सचिवालयमा आनंद कुमार महासेठ चयन भएका छन् । कोषाध्यक्षमा द्वारिका खड्का र सह कोषाध्यक्षमा प्रदीप ढुंगाना चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा दिवस श्रेष्ठ, धुर्ब कुमार लामीछाने, प्रिजन राज कायस्थ, गणेश थापा, सुब्बा बहादुर खड्का (सुबास), बेद प्रसाद पराजुली, राज कुमार बुढाथोकी, पंकज कुमार जैन, संन्तोष श्रेष्ठ, विकास कुमार थापा, बब्लु कुमार गुप्ता, शम्भु लाल दास, हेम बहादुर खत्री, चन्द्र कृष्ण खत्री,दिपेन्द्र श्रेष्ठ, सर्वसम्मत चयन भएका छन् ।

विधानतः निवर्तमान अध्यक्षसहित संघको कूल २८ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ । नवनिर्वाचित कार्यसमितिको पदावधि तीन वर्षको हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
आज कति छ अमेरिकी डलरको मूल्य?

आज कति छ अमेरिकी डलरको मूल्य?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।