नेभिगेशन
सबै कुरा
टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला

टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

अन्तर्राष्ट्रिय त्रिकोणात्मक ट्वान्टी २० शृङ्खलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपाले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल नेदरल्यान्ड्ससँग घरेलु मैदानमा दोस्रो पटक त्रिकोणात्मक टी-२० आई शृङ्खलाको फाइनल खेल्न लागेको हो । यसअघि सन् २०२१ मा भएको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई एक सय ४२ रनले हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो ।

Ncell
Extreme Energy

नेपाल लिग चरणमा चार अङ्कका दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने पाँच अङ्क जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । नामिबिया र नेदरल्यान्ड्सबीचको अन्तिम खेल वर्षाले रद्द भएको भएपछि दुबै टोलीले एक एक अङ्क बाँडेका थिए । 

लिग चरणमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँगको सुरूवाती दुई खेलमा पराजित हुँदा पछिल्ला दुई खेलमा भने जित हात पारेको थियो । 

नेपालको प्लेइङ११ मा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सोमपाल कामी, गुल्सन झा, करण केसी, दीपेन्द्र सिह ऐरी, प्रतिश जिसी, आरिफ शेख र अभिनाश बोहारा छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपिएल तेस्रो संस्करण :  आन्द्रे रसेलले विराटनगर किंग्सबाट खेल्ने

एनपिएल तेस्रो संस्करण :  आन्द्रे रसेलले विराटनगर किंग्सबाट खेल्ने

वेस्टइन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा विराटनगर किंग्स बाट खेल्ने भएका छन्।
विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित

विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित

नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले आज ११२ बलमा चार चौकासहित ८७ रनको पारी खेले । यस्तै, दीपेन्द्रसिंह ऐरीले...
क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

उसका लागि ओपनर युवराज सम्राले शतकीय पारी खेले । उनले ११७ बलमा ११ चौका र चार छक्कासहित १०५ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा युवराजको यो...
नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे औपचारिक मान्यता

नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे औपचारिक मान्यता

विज्ञप्तिमा आईसीसीबाट प्राप्त स्वीकृतिबारे उल्लेख गर्दै क्यानले भनेको छ, “आईसीसीबाट प्राप्त उक्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन...